अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति बैठक कार्तिक २९ गते बस्ने भएको छ । एन्फाका १२ सदस्यले गत असोज २१ गते कार्यसमिति बैठकको माग गर्दै एन्फामा पत्र बुझाएका थिए । उक्त पत्र बुझाएको एक महिना पूरा भएपछि एन्फाले २९ गते ११ बजेका लागि कार्यसमिति बैठक बोलाउने तय गरेको हो । ‘एन्फाको कार्य समिति बैठक २९ गते हुने भएको छ,’ एन्फाका एक सदस्यले रातोपाटीलाई भने । कार्यसमिति बैठकमा विभिन्न ९ एजेण्डामा छलफल हुने भएको छ ।यस्ता छन् एजेण्डाहरु: १. मार्केटिङ्ग, व्रोडकाष्टिङ्ग, डि