रवि लामिछानेले लिन थाले अग्रता, एमालेका कृष्णभक्त पोखरेल २०० मतले पछि परे

काठमाडौं, ६ मंसिर । चितवन–२ का उम्मेदवार राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिन थालेका छन् । उनले ४००७ मत ल्याएर अग्रता लिएका छन् । उनलाई एमालेका कृष्णभक्त पोखरेलले पछ्याएका छन् । उनले ३८७९ मत ल्याएका छन् । तेस्रो स्थानमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ छन् । श्रेष्ठले ३४९० मत पाएका छन् ।

सम्बन्धित सामग्री

रवि लामिछाने १२ हजार मतले अगाडी, दोस्रोमा श्रेष्ठ

काठमाडौं, ७ मंसिर । जारी मतगणना अनुसार चितवन–२ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता बढाएका छन् । पछिल्ले मत परिणामअनुसार लामिछानेले २२ हजार ६४ मत ल्याएर पहिलो स्थानमा छन् । सत्तागठबन्धनका उमेश श्रेष्ठ भने १० हजार ५९ मत प्राप्त गर्दै दोस्रो स्थानमा उक्लिएका छन् । त्यस्तै, एमालेका कृष्णभक्त पोखरेल १० हजार ४५ मत ल्याएर […]

चितवन २ मा रवि लामिछानेलाई फराकिलो अग्रता

चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाएका छन् ।  पछिल्लो मतगणनाअनुसार लामिछानेले १५ हजार ४ सय ७४ मत पाउँदा  एमालेका कृष्णभक्त पोखरेल ८ हजार ३ सय ९२ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।सहरी एरियामा मत गन्न सुरु भएसँगै रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।

चितवन-२ मा रवि लामिछानेको फराकिलो मतान्तर, झण्डै दोब्बर मतले अगाडि

चितवन-  चितवन क्षेत्र नम्बर २ मा रवि लामिछानेले फराकिलो मतान्तर बनाउनु भएको छ । उहाँ प्रतिस्पर्धी एमालेका कृष्णभक्त पोखरेल भन्दा झण्डै दोब्बर मतले अगाडि हुनुहुन्छ । पछिल्लो मत परिणाम अनुसार राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले १५ हजार ४ सय ६७ मत पाउनु भएको छ भने एमालेका उम्मेदवार पोखरेलले ७ हजार ९ सय ४३ मत पाउनु भएको छ । उहाँहरुबीच ७ हजार ५ सय २४ मतको अन्तर रहेको छ ।

चितवनमा बढ्यो रविको रफ्तार, सात हजार ३९२ मतले अगाडि

काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार लामिछानेले १३ हजार ६४१ मत पाएका छन्। २७४९४ मत गणना गर्दा लामिछाने ७३९२ मतले अगाडि छन्। नेकपा एमालेका  कृष्णभक्त पोखरेल ६२४९ मतसहित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठ  ५९३५ मतसहित तेस्रो स्थानमा पछ्याइरहेका छन्।

चितवन २ मा रवि लामिछानेले अग्रता बढाउँदै

काठमाडौँ– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रतालाई कायमै राखेका छन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले ५ हजार १ सय २८ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेल ४१६६ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३७०६ मत प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले अब रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि  […]

चितवन २ मा रवि लामिछानेले लिए अग्रता, एमालेका पाेखरेल पछि परे

काठमाडौं । चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् । मंगलबार दिउँसो २ बजेसम्म भएको मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी […] The post चितवन २ मा रवि लामिछानेले लिए अग्रता, एमालेका पाेखरेल पछि परे appeared first on राजधानी राष्ट्रिय दैनिक (लोकप्रिय राष्ट्रिय दैनिक)-RajdhaniDaily.com - Online Nepali News Portal-Latest Nepali Online News portal of Nepali Polities, economics, news, top stories, national, international, politics, sports, business, finance, entertainment, photo-gallery, audio, video and more....

चितवन २ मा रवि लामिछानेको अग्रता

काठमाडौं– चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता लिएका छन् । कालिका नगरपालिकामा मतगणना सुरु भएपछि रविले ह्वात्तै मत बढाएर अग्रता लिएका हुन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले ४००७ मत पाएका छन् । एमालेका कृष्णभक्त पोखरेल ३८७९ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ३४१० प्राप्त गरेका छन् । सहरी एरियामा मत गन्न सुरु भएकाले […]

चितवन २ मा ११ सय मत गन्दा रविलाई ८७

काठमाडौँ–चितवन क्षेत्र नम्बर २ मा एमाले अग्र स्थानमा छ। एमालेका कृष्णभक्त पोखरेल ५ सय ५४ मत का साथ पहिलो स्थानमा छन्। पोखरेललाई कांग्रेसका उमेश श्रेष्ठले ३ सय ९७ मत ल्याएर पछ्याइरहेका छन्। १ हजार १ सय २६ मत गन्दा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले ८७ मत मात्रै प्राप्त गरेका छन्।

रवि लामिछाने उम्मेदवार रहेकाे चितवन २ मा मतगणना सुरु

चितवन – चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि याे क्षेत्र देशभर चर्चामा छ । यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बन्नुभएकाे छ । क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ जना मतदाता रहेका छन् ।

रवि लामिछानेले गराए उम्मेदवारी दर्ता

चितवन- राष्ट्रिय स्वतन्त्र पार्टी अध्यक्ष रवि लामिछानेले प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दर्ता गरेका छन् । उनले चितवन २ बाट उम्मेदवारी दर्ता गराएका हुन् । सो क्षेत्रबाट एमालेका कृष्णभक्त पोखरेल र कांग्रेसबाट उमेश श्रेष्ठले टिकट पाएका छन् । आगामी ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन हुँदै छ । निर्वाचन कार्यतालिकाअनुसार आइतबार उम्मेदवार मनोनयन दर्ता […]