रवि लामिछाने उम्मेदवार रहेकाे चितवन २ मा मतगणना सुरु

चितवन – चितवन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले चितवन २ बा प्रतिस्पर्धा गर्ने भएपछि याे क्षेत्र देशभर चर्चामा छ । यहाँ नेकपा एमालेबाट कृष्णभक्त पोखरेल र गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका उमेश श्रेष्ठ उम्मेदवार बन्नुभएकाे छ । क्षेत्र नम्बर २ मा ६७ दशमलव ३ प्रतिशत मत खसेको छ । यस क्षेत्रमा एक लाख २४ हजार दुई सय १४ जना मतदाता रहेका छन् ।

सम्बन्धित सामग्री

चितवन–२ को उपनिर्वाचनको मतगणना सुरु

चितवन । चितवन–२ को उपनिर्वाचनको मतगणना सुरु भएको छ । इच्छाकामना १ र ३ बाट मतगणना सुरु हुने भएको हो। चितवन–२ भएको उपनिर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछाने, नेपाली काँग्रेसका जित नारायण श्रेष्ठ र नेकपा एमालेका रामप्रसाद न्यौपाने उम्मेदवार रहेका छन् ।

उपनिर्वाचन: चितवन-२ को मतगणना सुरु

चितवन-२ को मतगणना सोमबार दिउँसोबाट सुरू भएको छ । चितवन-२ मा रास्वपाका रवि लामिछाने, नेपाली कांग्रेसका जितनारायण श्रेष्ठ, एमालेका रामप्रसाद न्यौपाने लगायतका उम्मेदवारबीच कडा प्रतिस्पर्धामा छन् ।

चितवन २ मा अघि लागे रवि लामिछाने

काठमाडौं : चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेले अग्रता लिएका छन्। कालिका नगरपालिका १ को गणना जारी रहँदा राष्ट्रिय स्वतन्त्र पार्टीका लामिछानेले ४ हजार सात मत ल्याएका छन्।त्यस्तै, उनका निकटम प्रतिद्वन्दी एमालेका कृष्णभक्त पोखरेलले ३ हजार ८७९ सय मत प्राप्त गरेका छन्।त्यसैगरी, कांग्रेसका उमेश श्रेष्ठले ३ हजार ४१० मत ल्याएर तेस्रो स्थानमा छन्। यसअघि एमालेका पोखरेल अगाडि थिए। अब आफ्नो कोर क्षेत्रको मतगणना सुरु भएको हुनाले आफूले निरन्तर लिड गर्ने लामिछानेले बताएका छन्।

चितवनमा क्षेत्र नम्बर २ मा अघि लागे रवि लामिछाने

चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिनुभएकाे छ । जिल्ला निर्वाचन आयाेगका अनुसार कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिनुभएकाे हाे । लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाउनु भएकाे छ ।

चितवनमा अघि लागे रवि लामिछाने

६ मंसिर, चितवन । चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका रवि लामिछानेले अग्रता लिएका छन् । कालिका १ को मतगणना सुरु भएपछि लामिछानेले अग्रता लिएका हुन् । लामिछानेले ४००७ र एमाले उम्मेदवार कृष्णभक्त पोखरेलले ३ हजार ८७९ मत पाएका छन् । कांग्रेस उम्मेदवार उमेश श्रेष्ठले ३ हजार ४१० मत पाएका छन् ।

चितवन २ : ३ सय मत गन्दा पोखरेललाई अग्रता, लामिछाने तेस्रो

चितवन निर्वाचन क्षेत्र नम्बर २ मा मतगणना सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने उम्मेदवार बनेपछि चर्चामा रहेको यो निर्वाचन क्षेत्रमा सुरुवाती मतगणनाको परिणाम आएको हो ।

चितवन २ : एक सय मत गन्दा रवि लामिछाने पाए ५ मात मात्र

चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने ५ मत मात्र पाएका छन् । पहिलाे नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेल रहेका छन् भने दाेस्राेमा नेपाली कांग्रेसका उमेश श्रेष्ठ रहेका छन् । लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३ मत पाएका छन् भने कांग्रेसका श्रेष्ठले […]

चितवन- २ मा १०० मत गन्दा रवि लामिछाने तेस्रो

५ मंसिर, चितवन । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना हुँदा नेकपा एमालेका उम्मेदवार कृष्णभक्त पोखरेलले अग्रता लिएका छन्, राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने तेस्रो स्थानमा छन् । पोखरेलले ५३, नेपाली …

चितवन-२ मा एमालेको अग्रता, ५ मत ल्याएका रवि लामिछाने तेस्रोमा

काठमाडौं, ५ मंसिर । चितवन-२ को मतगणना सुरु भएको छ । १०० मत गणना गर्दा एमालेका कृष्णभक्त पोखरेलले ५३ मत ल्याएर अग्रता बनाएका छन् । उनलाई नेपाली कांग्रेसका उमेश श्रेष्ठले पछ्याएका छन् । श्रेष्ठले ३३ मत ल्याएका छन् । तेस्रोमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने छन् ।उनले जम्मा ५ मत ल्याएका छन् ।

चितवन-२ मा १ बजेबाट मतगणना हुने

काठमाडौँ-  चितवन २ मा १ बजेबाट मतगणना हुने भएको छ । सर्वदलीय बैठक बसेर १ बजेबाट मतगणना सुरु गरिने निर्वाचन अधिकृत रितेन्द्र थापाले जानकारी दिए । ‘केही बेरमा मतगणना सुरु गरिन्छ । तयारी अवस्थामा छौ,’  अधिकृत थापाले भने । राष्ट्रिय स्वतन्त्रबाट रवि लामिछाने, सत्ता गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेद...