चितवन २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार रवि लामिछानेले अग्रता फराकिलो बनाएका छन् । पछिल्लो मतगणनाअनुसार लामिछानेले १५ हजार ४ सय ७४ मत पाउँदा एमालेका कृष्णभक्त पोखरेल ८ हजार ३ सय ९२ र नेपाली कांग्रेसका उमेश श्रेष्ठले ७ हजार ९ सय २४ मत प्राप्त गरेका छन् ।सहरी एरियामा मत गन्न सुरु भएसँगै रवि लामिछानेको अग्रता तीव्र ढंगले अघि बढिरहेको छ ।