काठमाडौं : चितवन क्षेत्र नम्बर २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले अग्रता लिएका छन्। पछिल्लो मतपरिणामअनुसार लामिछानेले १३ हजार ६४१ मत पाएका छन्। २७४९४ मत गणना गर्दा लामिछाने ७३९२ मतले अगाडि छन्। नेकपा एमालेका कृष्णभक्त पोखरेल ६२४९ मतसहित दोस्रो स्थानमा छन्। नेपाली कांग्रेसका उमेश श्रेष्ठ ५९३५ मतसहित तेस्रो स्थानमा पछ्याइरहेका छन्।