काठमाण्डाै - पुस महिना लागेसँगै देशभर चिसो बढेको छ । काठमाण्डौको न्यूनतम तापक्रम आज ४ दशमलव ५ डिग्री सेल्सियस मापन गरिएको छ । यो यसवर्षको अहिलेसम्मकै कम हो । हिजो काठमाण्डौको न्यूनतम तापक्रम ५ दशमलव ३ डिग्री सेल्सियस थियो । काठमाण्डौसहित देशभरकै तापक्रम घट्न थालेको छ ।
जुम्लाको न्यूनतम तापक्रम माइनस ५ दशमलव ६ डिग्री सेल्सियसमा झरेको छ । यस्तै, जोमसोमको माइनस ६ दशमलव १ र जिरीको माइनस शून्य दशमलव ७ डिग्री सेल्सियस मापन गरिएको मौसमविद् हिरा भट्टराईले बताउनुभयो । नेपालमा अहिले पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको...