झापा– दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए । प्रतियोगिताका लागि सहभागी टिमहरूको टुंगो लागिसकेको छ भने फिक्स्चर पनि सार्वजनिक भइसकेको छ […]
हिमाल खरेल, दमक दमकमा आयोजना हुन लागेको प्रदेशस्तरीय फुटसल प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको छ । यही साउन ७ गतेदेखि दमक–९ को रणभूमि फुटसल कोर्टमा हुने प्रतियोगिताका लागि काम धमाधम भइरहेको आयोजक दमक बहुमुखी क्याम्पस स्वतन्त्र विद्यार्थी युनियनका सभापति सोविन न्यौपानेले जानकारी दिए । प्रतियोगिताका लागि सहभागी टोलीको टुंगो लागिसकेको छ भने खेल तालिका पनिसार्वजनिक […]
The post दमकमा हुने प्रदेशस्तरीय फुटसलको तयारी पूरा first appeared on Hamro Khelkud.
काठमाडौं । यही माघ १३ देखि १९ सम्म हुन लागेको नवौं एलआरआई बास्केटबल तथा फुटसल फेस्टको तयारी पूरा भएको आयोजक एलआरआई स्कुलले जनाएको छ । एलआरआई स्कुलले पत्रकार सम्मेलन गरी प्रतियोगिताको तयारी पूरा भएको जनाएको हो ।
राजधानीका १६ विद्यालयको सहभागिता रहने उक्त प्रतियोगिता लिक कम नकआउट प्रणालीमा सञ्चालन गरिने आयोजक स्कुलका प्रशासन प्रमुख दीपक जोशीले जानकारी दिए ।
प्रतियोगितामा प्रथम र द्वितीय हुने टिमलाई नगद, शिल्ड, मेडल तथा प्रमाणपत्र प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियोगितामा विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई विशेष सम्मान प्रदान गरिने ध्रुव खड्काले जानकारी दिए ।
निजी तथा आवासीय विद्यालय संगठन काठमाडौं (प्याब्सक) ले मंगलबारदेखि दुई दिनसम्म फुटसल आयोजना गर्ने भएको छ । संगठनले आज काठमाडौँमा पत्रकार सम्मेलन गर्दै फुटसल प्रतियोगिताबारे जानकारी गराएको हो । संगठनका अध्यक्ष गेन्द्र लामाले दुई दिनसम्म चल्ने प्रतियोगितामा ३२ वटा विद्यालयका विद्यार्थीहरूको टीम सहभागी हुने बताएका छन् । भाटभटेनी फुटसल ग्राउण्ड चुच्चीपाटीमा हुने प्रतियोगिताको तयारी भइरहेको प्याब्सकका महासचिव राजन श्रेष्ठ ‘धरातल’ ले जनाए ।प्रतियोगितामा प्याब्सक सदस्य विद्यालयले मात्रै
काठमाडौं- द समरिटन्सको आयोजनामा मंसिर १० र ११ गतेका दिन प्रथम रोनिन खुला फुटसल प्रतियोगिता हुने भएको छ । प्रतियोगिता आयोजनाका लागि आवश्यक तयारी पनि शुरु भईसकेको खेल संयोजक फ्रान्सिस गुरुङले बताएका छन्। प्रतियोगितामा सहभागिता हुनका लागि टिमदर्ता पनि खुला गरिएको संयोजक गुरुङले बताएका छन् । साथै टिमदर्ता शुल्क ५ हजार तोकिएको पनि उनले जानकारी […]
काठमाडौं (हाम्रो खेलकुद) – दोस्रो संस्करणको कामना सेवा फुटसल कप शुक्रबार र शनिबार हुने भएको छ । कामना सेवा विकास बैंकको आयोजनामा हुने प्रतियोगिताको बिहीबार खेल तालिका र समूह विभाजन गरिएको छ । हाँडीगाउँस्थित धन्यन्तरी फुटसलमा हुने दुई दिने प्रतियोगितामा सहभागी बैंक तथा वित्तिय संस्थाको २४ टोलीलाई ६ समूहमा विभाजन गरिएको छ । यस्तै हरेक […]
'फुटसल प्रतियोगिताको तयारी पूरा भएको छ। नगरपालिकाभित्र खेलकूद विकास गर्न र युवालाई खेल क्षेत्रमा आकर्षित गर्न क्लबले विभिन्न गतिविधि गरिरहेको छ। प्रतियोगिताले फुटसल प्रवर्द्धन गर्न सहयोगसमेत गर्नेछ।'...
बिस्केक: नेपाली फुटसल टोली अफगानिस्तानसँग पराजित भएको छ। कीर्गिस्तानको राजधानी बिस्केकस्थित गाज्पोर्म स्पोर्ट्स कम्प्लेक्समा सम्पन्न खेलमा नेपाली टोली ८-१ गोलअन्तरले पराजित भएको हो।
यसअघिका खेलमा नेपालले उज्बेकिस्तानसँग ५-१ र ताजकिस्तानसँग ११-१ गोलअन्तरको फराकिलो हार ब्यहोरेको थियो। अफगानिस्तानले भने उज्बेकिस्तानसँग पराजय र ताजकिस्तानसँग बराबरी खेलेको थियो।
एकमहिनाको तयारी पछि कीर्गिस्तान आएको…
विजय नेपाली, पोखराअखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा पहिलो पटक पोखरामा राष्ट्रिय फुटसल लिग हुदैँछ । पोखरा रंगशाला स्थित बहुउदेश्यीय कर्भड हलमा यस अघि नै प्रतियोगिता आयोजना गर्ने भनिएपनि कोरोना महामारीका कारण स्थगित हुन पुगेको थियो । एन्फाले लिगका लागि छनोट चरणका खेलबाट विजेता र उपविजेता टिमलाई राष्ट्रिय लिगमा सहभागिता गराएको हो । एन्फाले […]
नेपाल भाषा क्षेत्रमा सक्रिय रहेका कलाकारहरूबीच फागुन २९ गते मैत्रीपूर्ण फुटसल प्रतियोगिता हुने भएको छ । ‘एम्स आर्टिस्ट फुटसल’ नाम दिइएको प्रतियोगिता चन्द्रागिरी नगरपालिका–९ स्थित मत्स्य रिक्रिएसन सेन्टरमा हुने जनाएको छ ।काठमाडौं उपत्यकाभित्रका तिनवटै जिल्लामा सक्रिय कलाकारहरूबीचको भातृत्व विकास गरि सम्बन्ध प्रगाढ बनाउने उद्देश्यले प्रतियोगिताको तयारी थालेको बताइएको छ । प्रतियोगितामा सहभागी हुन कलाकारहरूलाई एम्स […]