म्याग्दी : म्याग्दीको अत्यन्त विकट मानिएको अजिङ्गर भीरमा ट्याक खोलेर सोही बाटो हुँदै गाउँमा नै पहिलो पटक मोटर पुगेपछि दर्मिजा, चिमखोला र कुइनेमंगलेका बासिन्दाहरूले पञ्चेबाजा बजाएर नाचगान गरी खुसीयाली मनाएका छन्।सोमबार (हिजो) रघुगंगा गाउँपालिको दग्नाम, दर्मिजा–चिमखोला हुदै कुइनेमंगले जोड्ने मोटरबाटोको ९६ वर्षीय दलबहादुर गर्बुजा, ९३ वर्षीया उदिमा कमिनी र १० वर्षीया लिस्मा पुनले संयुक्त रूपमा मोटरबाटो उद्घाटन गरेसँगै तीनवटै गाउँमा खुसीयाली छाएको हो। जिल्लाकै जोखिमयुक्त मानिने दग्नाम