कर्णाली प्रदेशका १० जिल्लामध्ये सबैभन्दा विकट जिल्लाका रुपमा रहेको हुम्लामा अहिले पनि मोटर बाटो पुगेको छैन। यातायातको साधनका रुपमा हवाई सेवा मात्र छ। दैनिक उपभोग्य सामान तथा औषधीहरुसमेत हवाई माध्यमबाटै...
ढोरपाटन (बागलुङ), २९ माघ । जैमिनी नगरपालिकाले गाउँ–गाउँमा पुगेर नागरिकलाई विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको छ । नगरपालिकाले समयसमयमा शिविर सञ्चालन गरेर नागरिकलाई सहज रुपमा विशेषज्ञ स्वास्थ्य सेवा दिन थालेको हो । दूरदराजका ज्येष्ठ नागरिक, महिला तथा आर्थिक अवस्था कमजोर भएकाहरु उपचारका लागि अस्पताल वा स्वास्थ्य चौकी नजाने भएकाले पालिकाले गाउँमै पुगेर बिरामीको खोजी गरी […]
विकट मानिने भोजपुरको उत्तरी क्षेत्रमा अवस्थित साल्पासिलिछो गाउँपालिकामा पहिलो पटक अत्याधुनिक प्रयोगशालासहितको विशेषज्ञ स्वास्थ्य सेवा शुरुवात भएको छ। वर्षौदेखी स्वास्थ्य उपचारको समस्या झेल्दै आएका यहाँका स्थानीयलाई सहजता थप्ने लक्ष्यले गाउँपालिकाले मेडिकल अधिकृतसहितको स्वास्थ्य सेवाको सुरुवात गरेको हो।
बाजुरा । बाजुरा-बूढीनन्दा नगरपालिकाको कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा स्त्रीरोग विशेषज्ञ सेवा पनि सुरु भएको छ । कर्णाली स्वास्थ्य प्रतिष्ठानको सहयोग र पालिकाको सहयोगमा सेवा सुरु गरेको नगरप्रमुख जनककुमार बोहोराले जानकारी दिनुभयो । विशेषज्ञ चिकित्सकको व्यवस्थापन भएपछि कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा आकस्मिक प्रसुति सेवा पनि सञ्चालनमा ल्याउने नगरप्रमुख बोहोराले जानकारी दिनुभयो । बिगतमा चिकित्सक नहुँदा बिरामीले […]
सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुनलाई ‘अन्तर्राष्ट्रिय स्वास्थ्य सेवा पुरस्कार– २०२२’ दिइने भएको छ । शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालका सरुवारोग विशेषज्ञ डा पुनलाई एनआरएनए नन रेसिडेन्ट नेपाली एसोसिएसन क्यालिफोर्निया अमेरिकाले स्वास्थ्य सेवा पुरस्कार दिन लागेको हो ।डा.पुनले एसोसिएसनबाट ११ सय डलरको पुरस्कार पाउने भएका हुन् । डा पुनले प्राणघातक संक्रामक रोगबाट जोगाउन खेलेको योगदानको प्रशंशा गर्दै सो पुरस्कार प्रदान गर्न लागिएको एसोसिएसनले जनाएको छ । ‘त
२७ फागुन, काठमाडौं । भोजपुरमा ५० भन्दा बढी विशेषज्ञ चिकित्सकले स्वास्थ्य शिविरबाट सेवा दिएका छन् । आज र भोलिसम्म सञ्चालन हुने विशेषज्ञ चिकित्सकबाट भोजपुरका नागरिकले सेवा लिन पाउनेछन् । नेपाल चिकित्सक संघका अध्यक्ष डा. लोचन कार्कीले प्रतिष्ठित चिकित्सक सम्मिलित यो तहको स्वास्थ्य शिविर नेपालमै पहिलोपटक सञ्चालन भएको जानकारी दिए । नेपाल चिकित्सक संघका अधिकांश पदाधिकारी, […]
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लाले विशेषज्ञ सेवा थप गरेको छ । प्रतिष्ठानले छातिरोग विशेषज्ञ सेवा, स्नायुरोग विशेषज्ञ सेवा, नाक, कान, घाँटी सेवा र छालारोग विशेषज्ञ सेवा थप गरेको हो । कर्णाली प्रतिष्ठानका प्रवक्ता डा. रमेश भट्टराइल...
कास्कीको विकट क्षेत्र मानिने मादी गाउँपालिका-१० थुम्सीकोटमा अवस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा विशेषज्ञ चिकित्सकबाट स्वास्थ्य सेवा सुरू भएपछि स्थानीयबासी उत्साहित भएका छन्।
जुम्लाको गुठिचौर गाउँपालिका–३ गर्ज्याङकोटमा नेपाली सेनाको टोलीले विशेषज्ञ स्वास्थ्य सेवा दिएको छ। नेपाली सेनाको जुम्लास्थित श्री नम्बर २४ बाहिनी अड्डा, नन्दबक्स गण र श्री २४ नम्बर फिए गुल्मले संयुक्त रुपमा विशेषज्ञ स्वास्थ्य सेवा उपलब्ध गराएको हो।