गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले गण्डकी प्रदेशलाई धार्मिक प्रदेश बनाउने गरी काम सुरु गरिएको बताएका छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व) को गैँडाकोटमा रहेको मौलाकालिका मन्दिरमा आज आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले धार्मिक पर्यटकबाटै गण्डकीमा समृद्धि ल्याउन सकिने भएकाले धार्मिक प्रदेश बनाउन लागिएको बताए ।‘धार्मिक पर्यटकीय क्षेत्र हाम्रा लागि महत्वपूर्ण छ’, मुख्यमन्त्री पोखरेलले भने, ‘हाम्रो प्रदेश चीन र भारतसँग जोडिन्छ, त्यहाँबाट आउने पर्यटकला