पर्वत : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले संघीयताको पहिचान नै प्रदेश संरचना भएको बताएका छन्। प्रदेश संरचनाका कारण नै पाँच वर्षको अवधिमा प्रदेशमा उल्लेखनीय कामहरू भएको उनको भनाई छ।आर्थिक वर्षको वार्षिक प्रगति समीक्षा बैठकमा उद्घाटन मन्तव्य राख्दै उनले प्रदेशमा सडक सञ्जालदेखि खानेपानी, विद्युतीकरण लगायतका क्षेत्रमा समेत गण्डकी प्रदेश सरकारले उल्लेखनीय काम गरेको भनाई राखे। शून्यबाट सुरु भएको प्रदेश सरकारले पाँच वर्ष बित्नै लाग्दा ५० भन्दा बढी कानुन निर्माण, त्यसै अनुसारका निय