विराटनगर : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेता योगेश भट्टराईले नेत्रविक्रम चन्द्र विप्लव नेपाल कम्युनिस्ट पार्टीलाई शान्पिूर्ण राजनितिमा ल्याउँदा सरकारले कुनै मापदण्डहरू पालना नगरेको बताएका छन्।शनिबार विराटनगर विमानस्थलमा पत्रकारहरुसगँको भेटमा बोल्दै नेता भट्टराईले यस्तो बताएका हुन्। 'सशस्त्र विद्रोहमा उत्रेका कुनै पनि राजनीति शक्ति शान्तिपूर्ण राजनीति गरेर वैधानिक बाटोमा हिँडछु भन्ने कुरा स्वागतयोग्य छ, नेता भट्टराईले भने, तर एउटा लोकत्रान्त्रिक राज्यव्यवस्थामा के हुन्छ भने यस्ता कामहरु पा