नेपाली सेनाले आधुनिक हतियार खरिद गर्न लागेको छ । हतियार खरिदका लागि अर्थ मन्त्रालयले सेनालाई २ अर्ब रुपैयाँ बजेट निकासा दिइसकेको छ । दुई चरणमा सेनाले ६ हजार थान अमेरिकी हतियार ल्याउन प्रक्रिया अघि बढाएको छ । सैनिक स्रोतका अनुसार सेनाले एम–१६ र एम–४ हतियार र पेस्तोल किन्ने निश्चित भएको छ ।हतियार खरिदका लागि बजेट बिनियोजन भएको सैनिक प्रवक्ता सहायकरथी नारायण सिल्वालले रातोपाटीलाई बताए । तर, सैनिक प्रवक्ता सिल्वालले किन्न लागेको हतियारबारे औपचारिक रुपमा खुलाउन चाहेनन् । ‘कहाँबाट कु