बंगाल निर्वाचनमा बाझाबाझ गरेपछि पहिलोपटक ममता बनर्जीले निवासमै भेटिन् मोदीलाई

भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसँग पश्चिम बंगालकी मुख्यमन्त्री ममता बनर्जीले मोदीको निवासमा मंगलवार भेटघाट गरेकी छन् ।  बंगाल विधानसभा निर्वाचनमा मोदी र ममताबीच भएको बाझाबाझ र मनमुटावपछिको यो पहिलो भेटघाट हो ।  उनीहरूबीच गत मे महिनामा पनि क्षणिक भेटघाट भएको थियो । यास तुफानले गरेको क्षतिको समीक्षा बैठकका लागि मोदी बंगाल पुग्दा ममता बैठकमा ढिलो गरी आएकी थिइन् र तत्कालै फर्किएकी थिइन् । त्यसपछि केन्द्र सरकारले बंगालका मुख्यसचिव आलापन बन्द्योपाध्यायलाई फिर्ता बोलाएको थियो ।  ममताले दिल्लीमा कांग्रे...

सम्बन्धित सामग्री

मोदीलाई चुनौती दिनका लागि दौडधूप गर्दै ममता बनर्जी

भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री तथा तृणमूल कांग्रेसकी अध्यक्ष ममता बनर्जीको अगुवाइमा दिल्ली चलो नारा घन्काउन थालिएको छ ।  सन् २०२४ मा हुने आमनिर्वाचनमा आफूलाई प्रधानमन्त्री नरेन्द्र मोदीको प्रमुख चुनौतीका रूपमा पेश गर्नका लागि ममताले अनेकौं कदम चालिरहेकी छन् ।  गत मे महिनामा पश्चिम बंगालमा लगातार तेस्रोपटक विधानसभा निर्वाचन भारी अन्तरले जितेकी ममताले उत्तरपूर्व, गोवा र बिहारमा समेत सक्रियता बढाइरहेकी छन् ।  त्यसले गर्दा विपक्षी दलहरूको एकता भंग भयो अनि ममताको महत्त्वाकांक्षा समेत झल्कियो । ...

ममता बनर्जी सरकारका दुई बहालवाला मन्त्री पक्राउ

भारतको केन्द्रीय अनुसन्धान ब्युरोले सोमवार पश्चिम बंगाल सरकारका दुई बहालवाला मन्त्री फिरहाद हकिम र सुव्रत मुखर्जीलाई पक्राउ गरेको छ ।  उनीहरूसँगै तृणमूल कांग्रेसका विधायक मदन मित्र र पूर्वमन्त्री शोभन चटर्जीलाई पनि पक्राउ गरिएको छ ।  सन् २०१४ मा गरिएको नारद स्टिङ अपरेसनमा यी नेताहरूले काल्पनिक कम्पनीका प्रतिनिधिहरूलाई काम मिलाइदिने शर्तमा घूस खाएको सार्वजनिक भएको थियो । त्यसको भिडियो टेपरेकर्ड विधानसभा निर्वाचनअघि सन् २०१६ मा सार्वजनिक गरिएको थियो ।    सीबीआईले सोमवार नै उनीहरूका विरुद्ध अभिय...

पश्चिम बंगालमा ४३ मन्त्रीले लिए शपथ

एजेन्सी। भारतको पश्चिम बंगालमा ममता बनर्जी नेतृत्वको सरकारमा ४३ जनाले मन्त्री पदको शपथ लिएका छन्। पश्चिम बंगाल विधानसभामा अत्यधिक बहुमतका साथ विजयी भएपछि ममता बनर्जी लगातार तेस्रो पटक मुख्यमन्त्री बनेकी छन्। कोलकत्तास्थित राजभवनमा राज्यपाल जगदीप धनखडले सबै मन्त्री तथा राज्यमन्त्रीलाई शपथ गराएका थिए। तीन जना मन्त्रीले भने भिडियो कन्फ्रेन्सका माध्यमबाट शपथ लिएका थिए।

मुख्यमन्त्रीको शपथ लिनेबित्तिकै ममता बनर्जीले दिइन् कडा सन्देश

भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा तृणमूल कांग्रेसलाई प्रचण्ड विजय दिलाएपछि पार्टी प्रमुख ममता बनर्जीले बुधवार मुख्यमन्त्रीको शपथ लिएकी छन् ।  शपथ लिएपछिको सम्बोधनमा ममताले राज्यमा जारी हिंसाका विषयमा कडा सन्देश दिइन् । हिंसा फैलाउनेहरूमाथि कडा कारवाही गरिने उनले बताइन् । हिंसाको घटनालाई कुनै हालतमा नसहने उनको भनाइ छ ।  त्यसअघि राजभवनमा शपथ ग्रहण समारोहमा ममता बनर्जी र राज्यपाल जगदीप धनखडबीचको अनबन स्पष्ट झल्कियो । राज्यपालले बधाई सम्बोधनमा ममतालाई हिंसाको विषयमा सचेत गराए । राज्यमा विधिको शासन लाग...

भाजपाविरुद्ध 'बाजिगर' बनिन् बंगालकी दिदी : आफू हारेरै पनि हराइन् मोदीलाई

नरेन्द्र मोदी प्रधानमन्त्री बनेयता उनकै नाममा सत्तारुढ भारतीय जनता पार्टीले धेरै राज्यहरुमा पकड बलियो बनाउन सफल भयो। भारतीय कांग्रेसको गढ मानिने राज्यहरुमा समेत मोदीको नाम बिक्यो, त्यहाँको सत्तामा भाजपा नै पुग्यो। भारतलाई कंग्रेस मुक्त बनाउँदै देशभर भाजपाको लालकिल्ला बनाउने मोदीको रफ्तारमामा बाधा बन्यो पश्चिम बंगाल। दिदीको शहर। दिदी अर्थात ममता बनर्जी।…

सादगी तथा संघर्षकी प्रतिमूर्ति ममता बनर्जीलाई पत्याए जनताले

सादगीपूर्ण जीवनशैली तथा संघर्ष गर्न नडराउने स्वभाव भएकी ममता बनर्जी तेस्रोपटक पश्चिम बंगालमा कार्यकाल चलाउने स्थितिमा पुगेकी छन् ।  पश्चिम बंगाल लगभग ३४ वर्षसम्म वामपन्थीहरूको गढ थियो । तर ममताले वामपन्थीहरूसँग सडकमा निर्भीक तरिकाले भिडेर सन् २०११ मा तृणमूल कांग्रेसलाई पहिलोपटक विजयी बनाइन् ।  राजनीति कांग्रेसबाट शुरू गरेकी ममताले सन् १९९८ मा तृणमूल कांग्रेस बनाइन् र बंगालको राजनीतिमा बेग्लै पहिचान बनाउन थालिन् ।  ममताको जन्म सन् १९५५ को जनवरी ५ मा भएको हो । उनी जन्मेको केही वर्षपछि नै उनका पिता प्...

ममता बनर्जी ८ हजार भोटले अगाडि

भारतको पश्चिम बंगाल विधानसभा निर्वाचनमा मुख्यमन्त्री ममता बनर्जीले आठ हजार भोटको अग्रता लिएकी छन् ।  निकटतम प्रतिद्वन्द्वी भारतीय जनता पार्टीका शुभेन्दु अधिकारीभन्दा उनी अघि छिन् ।    शुरूआती राउन्डको मतगणनामा ममता पछि पर्दा अनेकथरी अनुमान लगाइएको थियो तर अहिले त्यस्ता अनुमानमा पूर्णविराम लागेको छ ।

मोदीले कान समातेर उठबस गर्नुपर्छ : ममता बनर्जी

प्रधानमन्त्री नरेन्द्र मोदीले झूटो बोलेको भए कान समातेर उठबस गर्नुपर्ने भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले बताएकी छन् । निर्वाचन आयोगले ममतामाथि लगाएको २४ घन्टाको प्रतिबन्धको अवधि सकिएपछि बारासातमा एक चुनावी सभालाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बयान दिएकी हुन् । ‘मतुआ समुदायका लागि ममता दिदी...