भारतको पश्चिम बंगाल राज्यकी मुख्यमन्त्री ममता बनर्जीले सोमवार गभर्नर जगदीप धनखडलाई ट्विटरमा ब्लक गरेकी छन् ।
उनले भनिन्, ‘दिनदिनै उनी सरकारी अधिकारीहरूलाई तारो बनाउँदै ट्वीटमार्फत आक्रमण गरिरहन्छन् मानौं हामी उनका बँधुवा मजदूर हौं ।’
धनखडले सन् २०२१ को विधानसभा निर्वाचनपछि लगातार ममता र बंगाल सरकारमाथि आक्रमण गरिरहेका छन् ।