काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी नेकपा प्रचण्ड–माधव पक्षले निर्वाचन आयोगलाई आफ्नो तर्फबाट जवाफ फर्काएको छ। निर्वाचन आयोगले ७ दिनभित्र आधिकारिक दाबीको माग गर्नुपर्ने जवाफ मागेपछि प्रचण्ड माधव पक्षले जवाफ फर्काएको हो। अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षले आफू बहुमतसहित आधिकारिक भएको दाबी गरिरहेका छन्। यता, प्रधानमन्त्री केपी शर्मा ओलीले पनि आफू आधिकारिक भएको दाबी गरिरहेका छन्। प्रचण्ड माधव पक्षलाई जवाफ मागेको भए पनि निर्वाचन आयोगले प्रधानमन्त्री ओली