टर्कीका धार्मिक नेता ओक्तारलाई ८ हजार ६ सय ५८ वर्षको जेल सजाय !

टर्कीका धार्मिक नेता अदनान ओक्तारलाई यौन दुर्व्यवहारकाे आरोपमा अदालतले आठ हजार छ सय ५८ वर्षको जेल सजाय सुनाएको छ ।अदनानमाथि महिलासँग अभद्र व्यवहार गरेको आरोप लागेको थियो । उनले महिलालाई यातना दिने, यौन दुर्व्यवहार गर्ने र तुच्छ शब्द प्रयोग गर्ने गरेको पनि अदालतले पुष्टि गरेको छ । यसअघि पनि अदालतले अदनानलाई एक हजार वर्षको जेल सजाय सुनाएको थियो । अदनानले धेरै युवती उपस्थित हुने एक टीभी शो चलाउने गरेका थिए । युवतीलाई उनले धेरै मेकअप गर्न र कम लुगा लगाउन भन्ने गरेको पाइएको छ ।६६ वर्षीय अदनान धार्मिक गुरु पनि...

सम्बन्धित सामग्री

छोरी प्रधानमन्त्री बनेपछि थाइल्यान्डका राजाद्वारा बुबालाई आममाफी

थाइल्यान्डका राजाद्वारा पूर्वप्रधानमन्त्री थाक्सिन सिनावात्रालाई आममाफी दिइएको छ । राजा महा वजिरालोङकोर्नले आफ्नो जन्मदिनको उपलक्ष्यमा आममाफी दिएका हजारौं व्यक्तिमध्ये ७५ वर्षीय धनाड्य पूर्वप्रधानमन्त्री सिनावात्रा पनि एक हुनुहुन्छ । थाक्सिन १५ वर्षको आत्मनिर्वासनपछि झण्डै १ वर्षअघि स्वदेश फर्केपछि भ्रष्टाचार र शक्तिको दुरुपयोग गरेको अभियोगमा ८ वर्षको जेल सजाय सुनाइएको थियो । राजा वजिरालोङकोर्नले उहाँको सजाय कटौती […]

जिल्ला अदालतको फैसलाविरूद्ध उच्चमा पुनरावेदन गर्दै सन्दीप

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले जिल्ला अदालतको फैसलाविरूद्ध उच्च अदालत पाटनमा पुनरावेदन गर्ने भएका छन् । फैसला पुनरावलोकनका लागि भोलि उच्चमा निवेदन दिने उनको कानूनी टीमले तयारी गरेको छ । जिल्ला अदालतले सन्दीपलाई दोषी ठहर्याउँदै ८ वर्षको जेल सजाय सुनाएको थियो । उक्त फैसला त्रुटिपूर्ण रहेको भनेर जनमानसमा आलोचना भइहँदा सन्दीपले कानूनी चुनौति दिन लागेका […]

कर छली मुद्दामा फसिन् शकिरा : स्पेनी अभियोजकले माग गरे ८ वर्षको जेल सजाय

एजेन्सी । कोलम्बियाली पप गायिका शकिरा फेरि पनि चर्चामा छिन् । तर, यसपटक उनी आफ्नो गीत वा कुनै प्रेमको कारण नभई कर छलीको आरोपका कारण चर्चामा आएकी हुन् । स्पेनको एक अदालतले कर छलीको आरोपमा शकिराको अपिल खारेज गरेको छ । अन्तर्राष्ट्रिय समाचारका अनुसार गत मेमा बार्सिलोनाको एक अदालतले आरोप खारेज गर्न गायिकाको अपिल अस्वीकार […]

दक्षिण कोरियाको अदालतले पूर्व राष्ट्रपति पार्कलाई थप ८ वर्ष जेल सजाय तोक्यो

दक्षिण कोरियाको एउटा अदालतले पूर्व राष्टपति पार्क जिउन हाइलाई गएको शुक्रबार थप ८ वर्षको जेल सजाय तोकेको छ । शुक्रबार हाइलाई राज्यको जासूस संस्थाको कोष हिनामिना गरेको र सन् २०१६ मा संसदीय चुनावमा हस्तक्षेप गरेको कसूरमा दोषी पाइएकोले थप सजाय सुनाइएको हो । सोउल केन्द्रीय जिल्ला अदालतले विभिन्न भ्रष्टाचार मुद्दामा २४ वर्ष ज...