बैंकहरूको सुझाव व्यापारीकै लाइनमा

काठमाडौं, मंसिर २५ । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जाको पछिल्लो निर्देशनप्रति विरोध आएपछि वाणिज्य तथा विकास बैंकहरूसँग यसबारेमा सुझाव मागेकामा उनीहरू व्यापारीकै पक्षमा उभिएका छन् । केन्द्रीय बैंकले गत कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएको चालू पुँजी कर्जा मार्गनिर्देशनविरुद्ध निजी क्षेत्र असन्तुष्ट बनेर विरोधमा उत्रिएपछि राष्ट्र बैंकले वाणिज्य र विकास बैंकहरूसँग सुझाब मागेको थियो । […]

सम्बन्धित सामग्री

स्वास्थ्यमन्त्रीको निर्देशन : दबाब र प्रभावमा परेर काम नगर्नुस्

पर्वत : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सेवा प्रवाहमा ढिलासुस्ती नगर्न पर्वतस्थित कार्यालय प्रमुखहरूलाई निर्देशन दिएका छन्। बिहीबार सङ्घ र प्रदेश मातहतका कार्यालय प्रमुखलाई निर्देशन दिँदै उनले एकद्वार प्रणालीद्वारा सेवा प्रवाहको प्रबन्ध मिलाउन निर्देशन दिए। स्वास्थ्यमन्त्री गिरीले एउटै कामका लागि घण्टाैं लाइनमा बस्नुपर्ने र विभिन्न फाँटमा धाउनुपर्ने अवस्थाको अन्त्य गर्ने गरी काम गर्न सुझाव दिए।  'ऐन, नियम र कानुनको परिधिभित्र रही कार्यालयको काम गर्नुस्, दबाब र प्रभावमा परेर होइन्', उनले भने। जिल्लामा सञ्चालित विकास नि...

बैंकहरूको सुझाव व्यापारीकै लाइनमा

नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जाको पछिल्लो निर्देशनप्रति विरोध आएपछि वाणिज्य तथा विकास बैंकहरूसँग यसबारेमा सुझाव मागेकामा उनीहरू व्यापारीकै पक्षमा उभिएका छन् । केन्द्रीय बैंकले गत कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएको चालू पुँजी कर्जा मार्गनिर्देशनविरुद्ध निजी क्षेत्र असन्तुष्ट बनेर विरोधमा उत्रिएपछि राष्ट्र बैंकले वाणिज्य र विकास बैंकहरूसँग सुझाव मागेको थियो । राष्ट्र बैंकले मागेको सुझावको […]

बैंकहरूको सुझाव व्यापारीकै लाइनमा

काठमाडौं । नेपाल राष्ट्र बैंकले चालू पुँजी कर्जाको पछिल्लो निर्देशनप्रति विरोध आएपछि वाणिज्य तथा विकास बैंकहरूसँग यसबारेमा सुझाव मागेकामा उनीहरू व्यापारीकै पक्षमा उभिएका छन् । केन्द्रीय बैंकले गत कात्तिक १ गतेदेखि कार्यान्वयनमा ल्याएको चालू पुँजी कर्जा मार्गनिर्देशनविरुद्ध निजी क्षेत्र असन्तुष्ट बनेर विरोधमा उत्रिएपछि राष्ट्र बैंकले वाणिज्य र विकास बैंकहरूसँग सुझाब मागेको थियो । राष्ट्र बैंकले […]

मन्त्रीज्यू ,इम्बोस्ड नम्बर राख्न एक पटक लाइनमा बस्नुस् : गगन थापा

नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले असारभित्र सबै इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन माग गरेका छन्। असारभित्र इम्बोस्ड नम्बर राख्न असम्भव रहेको बताउदै एक पटक लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव दिएका छन् । लाइनमा बस्दा एक साधारण नागरिकले पाइरहेको सास्ती र दु:ख अनुभव गर्न सकिने उनले बताएका छन्।

यातायात मन्त्रीलाई गगनले भने: इम्बोस्ड नम्बर राख्न तपाईँ पनि लाइनमा बस्नुस

नेपाली कांग्रेसका सांसद गगन थापाले भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई आफ्नो गाडीमा इम्बोस्ड नम्बर प्लेट राख्न साधारण नागरिक सरह यातायात कार्यालय गएर लाइनमा बस्न सुझाव दिएका छन्।...

यातायात मन्त्रीलाई गगनको सुझाव : इम्बोस्ड नम्बर राख्न एक पटक लाइनमा बस्नुस्

२४ जेठ, काठमाडौं । नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले इम्बोस्ड नम्बर प्लेट राख्नका लागि यातायात कार्यालयको लाइनमा बस्न भौतिक पूर्वाधार तथा यातायातमन्त्री रेणु यादवलाई सुझाव दिएका छन् । शहरी विकास मन्त्रालयको बजेटमाथि संसदमा भएको छलफलमा भाग लिँदै सांसद थापाले असारभित्र इम्बोस्ड नम्बर राखिसक्नुपर्ने निर्णय फिर्ता लिन आग्रह गरे । ‘काठमाडौंमा यातायात कार्यालयहरुमा जे खालको अवस्था […]

भक्तपुर-ठिमी १३२ केभी प्रसारण लाइनको तार भूमिगत गर्ने तयारी, यस्तो छ रुट

नेपाल विद्युत प्राधिकरणले भक्तपुर-ठिमी १३२ केभी प्रसारण लाइन भूमिगत गर्ने भएको छ । प्राधिकरणले यसको लागि प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारी गर्न लागेको छ ।प्राधिकरणले प्रतिवेदनमा सल्लाह सुझाव दिन आग्रह गरेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणालीबीच के-कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको न.पा. तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले ७ दिनभित्र लिखित राय सुझाव उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको हो।प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागमा राय सुझाव पठाउन प्राधिकरणले आग्रह गरेको छ । यस आयोजनाले भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर १ र २, चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ तथा मध्यपूर ठिमी नगरपालिकाको वडा नम्बर ५,६ र ९ प्रभावित हुन सक्ने बताईएको छ ।यस्तो छ प्रसारणलाइनको रुट : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १, व्यासीस्थित विद्युत सवस्टेसनदेखि मध्यपुर थिमी नगरपालिकाको वडा नं. ६, थिमीमा स्तरोन्नति गरिने सवस्टेसनसम्म १३२ किलोभोल्ट क्षमताको डबल सर्किट भूमिगत विद्युत प्रसारण लाइन निर्माण गर्न लागिएको हो। प्रस्तावित प्रसारण लाइनको लम्बाइ ३ दशमलव २७ किलोमिटर रहेको छ । प्रस्तावित प्रसारण लाइन देको मिवा इटापाके जग्गा एकीकरण आयोजना, कासँगकुसँग खोलाको किनारवाट पुरानो सडक निस्किएर दुवाकोट जाने चोक, निकोसेरा हुँदै थिमी सवस्टेसनसम्म विद्यमान सडकमा डिलिङ वा ओपन कट ट्रेन्च खनेर विद्युतको केवल जमिन मुनिवाट लगिनेछ । प्रस्तावित लाइनमा ७ वटा ज्वाइन्ट्स पिटहरू रहनेछन् । केवल ट्रेन्च २ मिटर चौडा २ मिटर गहिरो हुनेछ । ज्वाइन्ट्स पिट ४ मिटर चौडा, ६ मिटर लामो र २ मिटर गहिरो हुनेछ । सवस्टेसन र भूमिगत विद्युत मार्गका लागि कुनै पनि प्रकारको जग्गा अधिग्रहण भने हुने छैन ।

धानबालीमा रोग र कीराको प्रकोप

चितवन । चितवनका किसानले वर्षामा लगाएको धानमा रोग र कीराको प्रकोप देखिएको छ । कृषि ज्ञान केन्द्र चितवनका अनुसार धानबालीमा पातको फेद डडुवा (शिथ ब्लाइट) र गवारोको प्रकोप देखिएको हो । पूवी चितवनको खैरहनी नगरपालिका, राप्ती नगरपालिका र रत्ननगर नगरपालिकाका किसानले लगाएको अधिकांश धानबालीमा पातको फेद डडुवा र गवारोको प्रकोप देखिएको कृषि ज्ञान केन्द्र चितवनले जानकारी दिएको छ । रोग र कीराको प्रकोप देखिएपछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, कृषि ज्ञान केन्द्र र स्थानीय नगरपालिकाका कृषि शाखा प्रमुखहरूको टोलीले फिल्ड अनुगमन गरेको छ । अनुगमन गर्दा किसानले लगाएको अधिकांश धानबालीमा पातको फेदमा डडुवा र गवारोको प्रकोप देखिएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना परियोजना कार्यान्वयन इकाइ चितवनका कृषि अधिकृत एवं सूचना अधिकारी माधव पौडेलले जानकारी दिए । ‘पूर्वी चितवनमा धान लगाइएको झन्डै २ महीना पुग्न लाग्यो,’ पौडेलले भने, ‘त्यहाँ अधिकांश क्षेत्रमा यो समस्या भएको पायौं ।’ अनुगमनपछि किसानलाई सही विषादी उपयुक्त परिमाणमा छर्न सुझाव दिइएको उनले बताए । मेशिनबाट लगाइएको धानबाली एउटै लाइनमा रहेको र हावा राम्रोसँग खेल्ने भएकाले हालसम्म रोग र कीराको प्रकोप नदेखिएको उनको भनाइ छ । गएको वर्ष पनि यी नै रोगका कारण धान उत्पादनमा करीब १५ प्रतिशतले कमी आएको उनले बताए । अरू पालिकाबाट पनि किसानहरूको गुनासो धेरै आएको छ । उनका अनुसार केही दिनभित्र दोस्रो चरणमा किसानको गुनासो पाएको पालिकाको स्थलगत अनुगमन गर्ने योजना रहेको छ । यता, कृषि ज्ञान केन्द्रका सूचना अधिकारी मीनबहादुर पुनले गवाराको कारण धान उत्पादनमा ह्रास आउँछ भनेर अहिले नै भन्न नसकिने बताए । यो समय धानमा अन्य समस्या समेत देखिने भएकाले किसान सचेत रहनुपर्ने उनको भनाइ छ । किसानले भने धानबालीमा देखिएको विभिन्न प्रकोपका कारण धानमा ठूलै क्षति बेहोर्नुपर्ने अवस्था आएको भन्दै चिन्ता व्यक्त गरेका छन् । राप्ती नगरपालिकाका किसान अगुवा धर्मराज कँडेल हरेक वर्ष रोग र कीराको प्रकोप देखिने बताउँछन् । निषेधाज्ञाका कारण महँगोमा मलखाद किनेर रोपेको धान विभिन्न प्रकारको रोगका कारण डढ्न थालेपछि चिन्तित बनेका हुन् । समयमै वर्षा हुँदा धान रोपाइँ राम्रो भए पनि अहिले आएर किसानलाई विभिन्न प्रकारको रोगले चिन्तामा पारेको हो । यति बेला धान गाँज हाल्ने बेला भएकाले किसानहरू आत्तिइहाल्नु नपर्ने कृषि प्राविधिकहरूको भनाइ छ । तर, सचेत भने हुनुपर्नेछ । गवारो लागेपछि धानको बोट गुभामा कुहिने, रातो हुने गर्छ । चितवनमा बर्खे धान २३ हजार हेक्टर क्षेत्रफल र चैते धान ७ हजार हेक्टर क्षेत्रफलमा हुँदै आएको छ ।