भक्तपुर-ठिमी १३२ केभी प्रसारण लाइनको तार भूमिगत गर्ने तयारी, यस्तो छ रुट

नेपाल विद्युत प्राधिकरणले भक्तपुर-ठिमी १३२ केभी प्रसारण लाइन भूमिगत गर्ने भएको छ । प्राधिकरणले यसको लागि प्रारम्भिक वातावरणीय परिक्षण प्रतिवेदन तयारी गर्न लागेको छ ।प्राधिकरणले प्रतिवेदनमा सल्लाह सुझाव दिन आग्रह गरेको छ । प्रारम्भिक वातावरणीय परीक्षण प्रतिवेदन तयार गर्ने क्रममा सो क्षेत्रको प्राकृतिक भौतिक प्रणाली, जैविक प्रणाली, सामाजिक प्रणाली, साँस्कृतिक प्रणाली र आर्थिक प्रणालीबीच के-कस्तो प्रभाव पर्दछ भनी यकिन गर्न सो स्थानको न.पा. तथा त्यस क्षेत्रका विद्यालय, अस्पताल, स्वास्थ्य चौकी तथा सरोकारवाला व्यक्ति वा संस्थाको लिखित राय सुझाव लिन आवश्यक भएकोले ७ दिनभित्र लिखित राय सुझाव उपलब्ध गराउन प्राधिकरणले अनुरोध गरेको हो।प्राधिकरणको वातावरण तथा सामाजिक अध्ययन विभागमा राय सुझाव पठाउन प्राधिकरणले आग्रह गरेको छ । यस आयोजनाले भक्तपुर जिल्लाको भक्तपुर नगरपालिका वडा नम्बर १ र २, चाँगुनारायण नगरपालिकाको वडा नम्बर २ तथा मध्यपूर ठिमी नगरपालिकाको वडा नम्बर ५,६ र ९ प्रभावित हुन सक्ने बताईएको छ ।यस्तो छ प्रसारणलाइनको रुट : भक्तपुर जिल्ला भक्तपुर नगरपालिका वडा नं. १, व्यासीस्थित विद्युत सवस्टेसनदेखि मध्यपुर थिमी नगरपालिकाको वडा नं. ६, थिमीमा स्तरोन्नति गरिने सवस्टेसनसम्म १३२ किलोभोल्ट क्षमताको डबल सर्किट भूमिगत विद्युत प्रसारण लाइन निर्माण गर्न लागिएको हो। प्रस्तावित प्रसारण लाइनको लम्बाइ ३ दशमलव २७ किलोमिटर रहेको छ । प्रस्तावित प्रसारण लाइन देको मिवा इटापाके जग्गा एकीकरण आयोजना, कासँगकुसँग खोलाको किनारवाट पुरानो सडक निस्किएर दुवाकोट जाने चोक, निकोसेरा हुँदै थिमी सवस्टेसनसम्म विद्यमान सडकमा डिलिङ वा ओपन कट ट्रेन्च खनेर विद्युतको केवल जमिन मुनिवाट लगिनेछ । प्रस्तावित लाइनमा ७ वटा ज्वाइन्ट्स पिटहरू रहनेछन् । केवल ट्रेन्च २ मिटर चौडा २ मिटर गहिरो हुनेछ । ज्वाइन्ट्स पिट ४ मिटर चौडा, ६ मिटर लामो र २ मिटर गहिरो हुनेछ । सवस्टेसन र भूमिगत विद्युत मार्गका लागि कुनै पनि प्रकारको जग्गा अधिग्रहण भने हुने छैन ।

सम्बन्धित सामग्री

बेवारिसे बन्दै विद्युत् तार भूमिगत अभियान

सडकसँग सम्बन्धित सरकारी निकायहरूको असहयोगले विद्युत् प्राधिकरणले सुरु गरेको विद्युतीय तार भूमिगत अभियान बेवारिसे बनेको छ । सडक विभागसँग तार भूमिगत गर्न प्राधिकरणले सात स्थानमा अनुमति मागे पनि विभागले अनुमति नदिँदा...

पोखरा महानगरपालिकामा विद्युतीय तार भूमिगत गरिँदै

तनहुँ – पोखराको सडकबाटै सेता हिमालहरु हेर्न लाग्दा पोलमा टांगिएका बिजुलीका तार बाधक बन्ने गरेका थिए । खुलेको हिमाल देखेर यसो फोटो खिच्न थाल्यो कि बिजुली, इन्टरनेट र टेलिफोनका तारहरु अगाडि आइहाल्थ्यो । पोखरालाई तारहरुले कुरुप बनाएपछि विद्युत् प्रधिकरणले तार भूमिगत गर्न लागेको हो । नेपाल विद्युत् प्राधिकारणले पोखरा र भरतपुर महानगरपालिकामा विद्युतीय तार भूमिगत गर्ने काम अगाडि बढाएको छ । प्राधिकरणले पोखरामा पहिलो चरणमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थलदेखि लेकसाइडसम्म २६ किलोमिटर क्षेत्रमा विद्युतीय तारहरु भूमि...

कुलमानको महत्वाकांक्षी योजना कछुवा गतिमा, तार भूमिगत गर्न के के छन् बाधा?

काठमाडौं : नेपाल विद्युत प्राधिकरणले काठमाडौं उपत्यकालाई सफा र विद्युत प्रणाली भरपर्दो बनाउने भन्दै सुरु गरेको तार भूमिगत (अण्डरग्राउण्ड केबलिङ) गर्ने काम अत्यन्त सुस्त भएको छ। यो परियोजना प्राधिकरण कार्यकारी निर्देशक कुलमान घिसिङको महत्वाकांक्षी योजनाभित्र पर्छ। हाल उपत्यकामा मुख्य-मुख्य स्थानमा ३ वर्षभित्र अण्डरग्राउण्ड केबलिङ गरिसक्ने भन्दै चारवटा ठेक्कामार्फत काम भइरहेको…

कुलमान र प्रचण्डद्वारा बिजुलीको तार भूमिगत गर्ने परियोजनाको शिलान्यास

चितवन– पोखरा-भरतपुर वितरण प्रणाली सुदृढीकरण आयोजनाको वितरण प्रणाली भूमिगत तथा सुदृढीकरण कार्यको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल विद्युत प्राधिकरण भरतपुर वितरण केन्द्रका कार्यकारी निर्देशक कुलमान घिसिङले शिलान्यास गरेका छन् । शनिबार एक कार्यक्रमबीच भरतपुर ओरालोमा बिजुलीका तार भूमिगत गर्ने परियोजनाको उनीहरूले शिलान्यास गरेका हुन् । प्रचण्ड र घिसिङले गैंचीले खनेर शिलान्यास […]

पोखराको नीति तथा कार्यक्रम : दुई वर्षभित्र सहरका तार भूमिगत (पूर्णपाठ)

७ असार, पोखरा । तत्कालीन पोखरा नगरपालिका हुँदाबाट सधैं पोखराका बिजुली तार भूमिगत गर्ने चर्चा भइरहन्छ । प्रत्येक वर्ष नीति तथा कार्यक्रममै समेटिँदै आएको यो योजना ०७४ सालमा पोखराको मेयरमा मानबहादुर जिसी निर्वाचित भएर आइसकेपछि पनि दोहोर्‍याएका थिए । आफू निर्वाचित भएको करिब २ वर्षपछि ०७६ मंसिर २७ गते पोखरा सिद्धार्थचोकस्थित एउटा पोलमा गुजुल्टिएको तार […]

भरतपुर र पोखरामा विजुलीको तार भूमिगत गर्न साढे ४९ करोड बजेट

चितवन- चितवनको भरतपुर र कास्कीको पोखरा महानगरपालिकामा विजुलीका तार भूमिगत गरिने भएको छ । जस अनुसार पहिलो चरणमा पोखरा र भरतपुरमा तार भूमिगत हुने  पोखरा र भरतपुर वितरण प्रणाली सुदृढिकरण आयोजनाका प्रमुख वीरेन्द्रकुमार झाले जानकारी दिए । उनका अनुसार भरतपुर महानगरको नारायणगढ  पुलचोक, चौबिसकोठी बसपार्क वाइसपास रोड, आपटारी हुँदै पुनः पुलचोकसम्म तार बिछ्याउने काम हुने […]

विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने

काठमाडौँ – काठमाडौँको पूर्वोत्तर भेगका तीन नगरपालिकाको २० हजार रोपनी जग्गा एकीकरण (ल्याण्ड पुलिङ) गरी विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गरिने भएको छ ।    विद्युत्, टेलिफोन र इन्टरनेटका तार भूमिगत गरेर व्यवस्थित शहर निर्माण गर्ने यो आयोजना पहिलो हुने पूर्वी काठमाडौँ नयाँ शहरी विकास आयोजनाका इञ्जिनीयर परासर घिमिरेले राससलाई जानकारी दिए । प्राकृतिक प्रकोपबाट बच्न पर्याप्तमात्रामा खुला क्षेत्र र नदी किनारमा बाढी नआउने गरी तयार शहरका रुपमा स्थाप

भक्तपुरमा विद्युत् तार भूमिगत गरिने

भक्तपुर नगरपालिकाले भक्तपुर नगरपालिकाभित्र अव्यवस्थित रहेको तार भूमिगत गर्ने योजनाअघि सारेको छ ।भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजापतिले अव्यवस्थित तार र केबलबाट ऐतिहासिक, संस्कृतिक नगर भक्तपुरको दृश्य प्रदूषण भइरहेको बताउँदै सम्पदा बस्तीभित्र तारहरू भूमिगत गर्ने विषय चुनौतीपूर्ण रहेको हुँदा सम्बन्धित सरोकारवाला र जनताबीच आवश्यक छलफलपश्चात कार्यान्वयन सहज हुने बताए ।भक्तपुर नपाभित्रको मुख्य बजार क्षेत्रमा ढुंगा छाप्ने […]

काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार

काठमान्डाैं / काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो । प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो चरणमा जोरपाटी, साँखु, पेप्सीकोला टाउन प्लानिङ, कलङ्की, कीर्तिपुर, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्रमा बिजुलीको तार भूमिगत गर्न ठेक्का सम्झौता भएको जानकारी... The post काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार appeared first on Purbeli News.

काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार

काठमाडौँमा विद्युतीय तार भूमिगत गर्ने कार्य विस्तार गरिएको छ । तेस्रो चरणमा तार भूमिगत गर्ने कार्यका लागि नेपाल विद्युत् प्राधिकरणले ठेक्का सम्झौता गरेपछि अझ विस्तार हुने भएको हो ।प्राधिकरणका प्रवक्ता मदन तिम्सिनाले तेस्रो चरणमा जोरपाटी, साँखु, पेप्सीकोला टाउन प्लानिङ, कलङ्की, कीर्तिपुर, कुलेश्वर, बानेश्वरलगायतका क्षेत्रमा बिजुलीको तार भूमिगत गर्न ठेक्का सम्झौता भएको जानकारी दिए । तीन वर्षभित्र काम सम्पन्न गर्ने गरी भारतीय कम्पनी एलएनटी कन्स्ट्रक्सनसँग सम्झौता भएको हो ।प्राधिकरणले काठमाडौँको विद