सडकमा मोटरसाइकल पार्किङ, अन्डरग्राउन्ड रित्तै

काठमाडौँ- पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाइकल पार्किङका लागि निरन्तर प्रयोग गर्दै आएको छ। तर, भाटभटेनीले आफ्नो पार्किङमा मम: स्टल राखेको छ । तलको अन्डरग्राउन्ड पार्किङ रित्तै राख्ने गरेको छ । यो विषयमा भाटभटेनी प्रोप्राइटर मिनबहादुर गुरुङलाई सात–आठ महिनाअघि पत्रमार्फत अवगत गराइएको हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले जानकारी दिएका छन् । ललितपुर महानगरपालिकाले यसबारे अहिले […]

सम्बन्धित सामग्री

निर्माणाधीन धरहराको अन्डरग्राउन्ड पार्किङ खुला, शुल्क तिर्न नपर्ने

काठमाडौं। काठमाडौं महानगरपालिकाले दशैं, तिहार लगायतका ठूला चाडपर्वलाई लक्षित गरेर धरहराको अन्डरग्राउन्ड (भूमिगत) पार्किङ खुला गरेको छ । महानगरपालिकाले स्थानीय संकटा क्लब तथा अन्य क्लबहरूको व्यवस्थापनमा अस्थायीरूपमा धरहराको बेसमेन्टमा रहेको पार्किङ खुला गराएको हो । अस्थायीरूपमा चाडपर्वको लागि ५० हजार स्क्वायर फिटको क्षेत्रमा पार्किङ खुला गराइएको हो । ४२ रोपनी क्षेत्रफलमा फैलिएको धरहराको बेसमेन्ट वा अन्डरग्राउन्डमा तीन तला पार्किङका लागि बनाइएको छ । हालको अवस्थामा चार सय ओटा गाडी र ७ सय ओटा मोटरसाइकल यहाँ अट्ने अनुमान छ । दशैंको समयमा सुन्धारा, भोटेबहाल, न्युरोड, असन लगायतका क्षेत्रमा किनमेलमा जानेहरूले पार्किङको समस्या भएको गुनासो गरेपछि महानगरले गत आइतवारबाट धरहराको भूमिगत पार्किङ निःशुल्क रूपमा खुला गरेको हो । अहिलेलाई अस्थायीरूपमा पार्किङ खुलाएको र निर्माण सम्पन्न भएपछि थप निर्णय हुने महानगरपालिकाले जनाएको छ । तस्वीर: सुनिल शर्मा/आर्थिक अभियान

पुरानो बसपार्कको निर्माणाधीन भ्यु टावरमा पार्किङ खुला [तस्वीरहरू]

काठमाडौं । काठमाडौंको पुरानो बसपार्कस्थित निर्माणाधीन भ्यु टावरमा सर्वसाधारणका लागि अन्डरग्राउन्ड पार्किङ खुला गरिएको छ । काठमाडौं महानगरपालिकाले गत वैशाख २२ गतेबाट भ्यु टावरमा अन्डरग्राउन्ड पार्किङ खुला गरेको हो । यसले महानगरको सहरी क्षेत्रमा देखिएको पार्किङ समस्या कम हुने अनुमान गरिएको छ ।  महानगरपालिकाको सार्वजनिक–निजी साझेदारी (पीपीपी) विभागका प्रमुख महेश काफ्लेले अहिले शुरुवातमा भ्यु टावरमा ३ सयओटा चार पाङ्ग्रे र हजारओटा दुई पाङ्ग्रे सवारीसाधन पार्क गर्न मिल्ने बताए । सो क्षेत्रमा न्यूनतम शुल्कमा पार्किङको व्यवस्था गरिएको उनको भनाइ छ ।  उनका अनुसार टावरको २ तला भूमिगत पार्किङको रूपमा प्रयोग गरिनेछ । उक्त तलामा ३ सय सवारी अटाउने उनले बताए । यस्तै, भुइँतलामा मोटरसाइकल पार्किङ रहने उनको भनाइ छ ।  यो पार्किङले रत्नपार्क र न्युरोड आसपासको पार्किङलाई धान्ने भएकाले त्यहाँको समस्या हल हुने महानगरपालिकाको विश्वास छ ।

पुल्चोकको भाटभटेनी सुपरमार्केट अगाडि सडकमा मोटरसाइकल पार्किङ

काठमाडौं । पुल्चोकको भाटभटेनी सुपरमार्केटले सार्वजनिक सडकलाई मोटरसाईकल पार्किङका लागि निरन्तर प्रयोग गर्दै आएको छ। तर, भाटभटेनीले आफ्नो पार्किङमा ममः स्टल राखेको छ । तलको अन्डरग्राउन्ड पार्किङ रित्तै राख्ने गरेको छ । यो विषयमा भाटभटेनी प्रोप्राइटर मिनबहादुर गुरुङलाई सात–आठ महिनाअघि पत्रमार्फत अवगत गराइएको हिमाल मिडियाका सञ्चालक कनकमणि दीक्षितले जानकारी दिएका छन् । ललितपुर महानगरपालिकाले यसबारे […]

धरान स्मार्ट बसपार्कको निर्माण तीव्र

धरान (अस) । राजनीतिक खिचातानी र विवादको कारण स्मार्ट बसपार्क निर्माणमा देखिएको अन्योल हटेर काम सुचारु भएपछि धरान उपमहानगरपालिका–८ सुन्दरबस्ती आयोजना स्थलका जग्गाधनी उत्साहित भएका छन् । बसपार्क निर्माणका लागि निःशुल्क जग्गा दिएको दुई दशकपछि कामले गति लिएपछि स्थानीयवासी उत्साहित भएका हुन् । दुई महिनाअघि बसपार्क निर्माणका लागि बजेट सुनिश्चित भएको थियो । अहिले बसपार्कको काम धमाधम भइरहेको छ । बसपार्क निर्माणका लागि सुनसरीकै बिकोइ गिताञ्जली जेभीले ठेक्का पाएको छ । कम्पनीले भ्याटबाहेक २० करोड १८ लाख ४६ हजार १३१ रुपैयाँमा ठेक्का पाएको थियो । विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) बनिसकेपछि बसपार्क निर्माणले गति लिएको हो । डीपीआर अनुसार स्मार्ट बसपार्क बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ) सहित तीन तलाको हुनेछ । डिजाइनअनुसार बेसमेन्ट २०० साना गाडी र १५० ओटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ । यसैगरी भुइँतलामा ४९ बस र १५ ओटा साना गाडी राख्ने ठाउँ हुनेछ । उपमहानगरका अनुसार सतहबाट गन्तव्यमा छुट्ने गाडी मात्र राखिनेछ । त्यहाँ १२ ओटा विभिन्न रूटमा जाने गाडीको पार्किङ संरचना निर्माण हुनेछ । धरान उपमहानगरपालिकाका योजना महाशाखा प्रमुख सुरज श्रेष्ठका अनुसार ड्रेनसहित बसपार्कको बेसमेन्ट र मदन भण्डारी राजमार्ग जोड्ने सडकको काम पनि अघि बढेको छ । ड्रेन निर्माणका लागि धरानका निर्माण व्यवसायी जनसेवक भण्डारीले ६ करोड रुपैयाँमा ठेक्का लिएका छन् । बसपार्कको निर्माणमा संघीय सरकारको ५० प्रतिशत लगानी रहनेछ भने लागतको ५० प्रतिशत धरान उपमहानगरपालिकाले बेहोर्ने भएको छ । त्यसैगरी ड्रेन निर्माणका लागि सम्पूर्ण बजेट उपमहानगरकै रहेको छ । बसपार्क टर्निमल भवनको तेस्रो तला यात्रुको प्रयोगमा आउनेछ । सो तलामा क्याफे, पुस्तकालय र व्यापारिक कक्ष रहनेछन् । धरानको बसपार्क साँघुरो भएको भन्दै धरान उपमहानगरपालिकाले २०५८ सालमा धरान–८ सुन्दरबस्तीमा सार्ने योजना ल्याएको थियो । तत्कालीन कार्यवाहक नगरप्रमुख मञ्जु भण्डारीको पहलमा विवाद समाधान भएको थियो । भण्डारीकै पहलमा संघीय सरकारले बजेट सुनिश्चित गरिदिएपछि निर्माण प्रक्रिया अघि बढेको हो ।

धरानमा स्मार्ट बसपार्क निर्माण सुरु

धरान (अस) । दुई दशकदेखि विवादित बन्दै आएको धरानमा स्मार्ट बसपार्क निर्माण सुरु भएको छ । स्थानीयले दिएको जग्गामा तीनकुने सुन्दर बस्ती विकास आयोजनामार्फत स्मार्ट बसपार्क निर्माण योजना सुरु भएको हो । धरानको गौरवको आयोजना भएकाले यसलाई चाँडै पूरा गर्ने सुन्दरबस्ती निर्माण आयोजनाले जनाएको छ । आयोजनाका प्रमुख खगेन्द्र खतिवडाले स्मार्ट बसपार्क निर्माण सुरु भइसकेको बताए । उनले भने, ‘यो धरानको गौरवको आयोजना हो । यसलाई चाँडै सम्पन्न गर्न लागिपरेका छौं ।’ उनका अनुसार आयोजनाअन्तर्गतको बसपार्क प्रवेश मार्गसहितको सडक सञ्जालमा रहने ड्रेन निर्माण सुरु भएको छ । आयोजनाले साइड क्लियर गर्ने काम सुरु गरेको छ । उनले भने, ‘हामी साइट क्लियर गर्ने काम गर्दै छौं ।’ डीपीआर बनिसकेपछि बसपार्क निर्माणले गति लिएको हो । डीपीआरअनुसार स्मार्ट बसपार्क बेसमेन्ट (अन्डरग्राउन्ड पार्किङ) सहिते ३ तलाको हुनेछ । डिजाइनअनुसार सबैभन्दा पहिलो बेसमेन्टमा २ सय वटा सानो गाडी (सुमो, हायस, कारलगायत) र १ सय ५० वटा मोटरसाइकल अट्ने क्षमताको हुनेछ । यसैगरी सतहमा ४९ वटा बस र १५ वटा साना गाडी राख्ने ठाउँसमेत हुनेछ । उपमहानगरका अनुसार सतहबाट गन्तव्यमा छुट्ने गाडी मात्र राखिनेछ भने त्यहाँ १२ वटा विभिन्न रुटमा जाने गाडीको पार्किङ संरचना निर्माण हुने डिजाइन रहेको छ । डिजाइनमा तेस्रो तला टर्निमल भवन यात्रुको प्रयोगमा आउनेछ भने क्याफे, लाइब्रेरी र व्यापारिक कोठा हुनेछन् । स्मार्ट बसपार्कको सतहमा कुना तथा खाली स्थानमा फूलबारी पनि निर्माण गर्ने उपमहानगरको योजना छ । पार्क निर्माण सम्पन्न गर्न २५ देखि ३० करोड रुपैयाँ लाग्ने अनुमान छ ।