उत्तम कृषि, मध्यम व्यापार, अधम जागिर।नेपाल साँच्चै कृषि प्रधान देश भएको बेला चलेको उक्ति हुनुपर्छ यो।देश कमिशन प्रधान भइसकेपछि उक्ति पनि समयानुकूल बनाइनु पर्छ कि ? यस सम्बन्धमा प्रज्ञा प्रतिष्ठानले सोचेकै होला। कुनै बेला यस देशले इण्डिया जस्तो विशाल देशमा धान चामल निर्यात गर्थ्यो रे, यसका लागि सरकारले कंपनी नै खोलेको थियो भन्ने अकिंचनले पढेको हो।अकिंचनलाई करिब १६ वर्षअघि एक वरिष्ठ पत्रकारले सुनाएका थिए, वि सं २०१५ तिर उसको गृहराज्य केरल खाद्य संकटग्रस्त हुँदा पनि नेपालले चामल निर्यात गरेको