अर्थमन्त्री जनार्दन शर्माले संसदमा टेबुल गरिएको अध्यादेश टुंगो नलगाई अर्थ मन्त्रालयको कामले गति लिन नसक्ने स्पष्ट पारेका छन् । अर्थमन्त्री शर्माले आर्थिक अध्यादेश संसदबाट टुंगो लगाएर मात्रै अर्थ मन्त्रालयको कामलाई प्रभावकारी ढंगले अघि बढाउन सकिने बताएका छन् ।शुक्रबार अर्थ मन्त्रालयमा आयोजित नेपाल आर्थिक पत्रकार समाज (सेजन)का पदाधिकारी तथा पूर्व पदाधिकारीहरूसँगको अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भने, “संसदमा मैले अध्यादेश टेबुल गरिसकेको छु । संसदले एक ढंगले त्यो टुंगो लगाउँला । त्यो टुंग