भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ । नयाँ दिल्लीको राजपथमा आयोजना गरिएको ७३ औं गणतन्त्र दिवसको मुख्य समारोहमा उपस्थित भएर राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गान बजाएर समारोहको उद्घाटन गरिएको हो ।यस परम्पराअनुसार परेडको सुरुवातलाई चिनाउन २१ तोपको सलामी पनि दिइएको थियो । कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको अवस्थामा यस वर्ष गणतन्त्र दिवसको परेड कार्यक्रममा पाँच हजार जनाक