भारतले कडा र पर्याप्त सुरक्षा उपस्थिति र कोभिड–१९ नियम पालना गर्दै बुधबार भारतले ७३ औं गणतन्त्र दिवस मनाएको छ ।
नयाँ दिल्लीको राजपथमा आयोजना गरिएको ७३ औं गणतन्त्र दिवसको मुख्य समारोहमा उपस्थित भएर राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रिय झण्डा फहराएपछि राष्ट्रिय गान बजाएर समारोहको उद्घाटन गरिएको हो ।
यस परम्पराअनुसार परेडको सुरुवातलाई चिनाउन २१ तोपकोे सलामी पनि दिइएको थियो ।
कोभिड–१९ महामारीको तेस्रो लहर चलिरहेको अवस्थामा यस वर्ष गणतन्त्र दिवसको परेड कार्यक्रममा पाँच हजार जनाको समूहमा मात्र उपस्थित...