काठमाडौँ : यो साता कारोबारको पहिलो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७ दशमलव ७५ अङ्कले बढेको छ। आज (आइतवार) १ दशमलव ३९ प्रतिशतले बढेसँगै नेप्से परिसूचक २ हजार २२ दशमलव ३५ अंकको विन्दुमा कायम भएको हो।आज २९५ कम्पनीको १ करोड ७१ लाख ६६ हजार ४६५ कित्ता शेयर १ लाख १ हजार १२८ पटक खरिदबिक्री हुँदा ५ अर्ब १५ करोड ७८ लाख ४६ हजार ९७९ रुपैयाँ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।बैंकिङ समूहको उपसूचक शून्य दशमलव ६७, म्युचुअल फन्ड शून्य दशमलव ४२ र व्यापार समूह शून्य दशमलव २३ प्रतिशतले घटेको छ भने अ