प्राइम लाइफ इन्स्योरेन्स Prime Life Insurance Company ले साधारणसभा आह्वान गरेको छ । कम्पनीले मङ्सिर १९ गते आइतबार सभा गर्ने निर्णय गरेको हो । सभामा लाभांश सहितका विविध प्रस्ताव पेश हुने छन् । कम्पनीले आर्थिक वर्ष ७६/७७ को मुनाफाबाट हाल कायम चुक्ता पुंजीको १५ प्रतिशतले हुन आउने ३६ लाख २५ हजार ५ सय ८६ कित्ता बोनस शेयर र कर प्रयोजनको लागि ०.८७ प्रतिशतले हुन आउने १ करोड ९० लाख ८२ हजार २९ रुपैयाँ नगद लाभांश गरि कुल १५.८७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको छ । हाल कम्पनीको चुक्ता पुंजी २ अर्ब ४१ करोड ७० लाख ५७ हजार २३ रुपैयाँ रहेको छ । साधारणसभाले पारित गरेपछि उक्त लाभांश लगानीकर्तामा बितरण हुने छ । कम्पनीले साधारणसभा प्रयोजनको लागि मङ्सिर १० गते बुक क्लोज गर्ने निर्णय गरेको छ। मङ्सिर ९ गतेसम्म कायाम शेयरधनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउँन सक्ने छन् । कम्पनी साधारणसभा समबन्धि विस्तृत विवरण सहितको सूचना कार्तिक २४ गते बुधबार प्रकाशन गरिने जनाएको छ ।