लैङ्गिक उत्तरदायित्वपूर्ण बजेट
१. लैङ्गिक उत्तरदायी बजेट भनेको के हो ? यसले महिलालाई कसरी सशक्तीकरण गर्दछ ? उल्लेख गर्नुहोस् ।
महिला र पुरुषबीच समानता कायम गर्नका लागि सार्वजनिक साधन स्रोतको न्यायोचित विनियोजन गर्ने कार्यलाई लैङ्गिक उत्तरदायी बजेट भनिन्छ । यो महिलाका लागि छुट्टै बजेट होइन । यो यस्तो बजेट वा कार्यक्रम वा आयोजना हो, जसले आयोजनाको तर्जुमा, कार्यान्वयन, अनुगमन र मूल्याङ्कन तथा आयोजनाको प्रभाव मूल्याङ्कन सबै पक्षमा महिलाको सङ्ख्यात्मक र गुणात्मक सहभागिता गराई उनीहरूको जीवनमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्दछ । यो बजेट सन् १९८४ मा अस्टे«लियाबाट सुरु भएको हो । नेपालमा आ.व. २०६४/६५ देखि लैङ्गिक बजेट लागू
गरिएको हो ।