कांग्रेसले १४ औँ महाधिवेशनको तयारीका सन्दर्भमा विधान संशोधन र अन्य नीतिगत तयारीका लागि केन्द्रीय समितिको बैठक बोलाउने भएको छ । शुक्रबार बसेको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकपछि प्रवक्ता विश्वप्रकाश शर्माले महाधिवेशनको तयारीका सन्दर्भमा छलफल गर्न छिट्टै केन्द्रीय समितिको बैठक बोलाइने जानकारी दिए ।