लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ

विशाल बस्नेतमहोत्तरीको सम्सीबाट लागूऔषधसहित १३ वर्षीय बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा सिन्धुली कमलामाई नगरपालिका-६ बस्ने  शनि नेपाली रहेका महोत्तरी प्रहरीले जनाएको छ । भारतीय सीमानाका सम्सीबाट गौशाला बजारतर्फ सवार अटो रिक्सालाई जाँच गर्ने क्रममा किशोरले कम्मरमा लगाएको पेटीभित्र कालो प्लास्टिकमा लुकाएको लागूऔषध भेटिएको महोत्तरी जिल्ला प्रहरी प्रवक्ता प्रकाश विष्टले जानकारी दिए ।बालकको साथबाट चार पत्ता नाइट्रोभेट (६० पिस) र दुई पत्ता स्पास्मो प्रोक्सिभन (१६ पिस) ट्याब्लेट बरामद भएको छ

सम्बन्धित सामग्री

पोखरामा सुन पसलको ताला काट्दै गर्दा एक बालक पक्राउ

१० मंसिर, काठमाडौं । पोखरामा शनिबार राति एक सुन पसलको ताला काट्दाकाट्दै बालक पक्राउ परेका छन् । पक्राउ पर्नेमा रुपा गाउँपालिकाका १८ वर्षीय एक बालक छन् । राति करिब १२ बजेको समयमा पोखरा ९ न्युरोडमा रहेको स्याङ्जा ज्वयलर्स तथा सुनचाँदी पसलको सटरको ताला काट्दै गर्दा ती बालक पक्राउ परेका थिए । उनलाई सिभिआर चिप्लेढुंगा वडा […]

बालिका बलात्कारको आरोपमा बालक पक्राउ

बैतडी : बालिका बलात्कारको आरोपमा बैतडीमा एक बालक पक्राउ परेका छन्। पक्राउ पर्नेमा जिल्लाको शिवनाथ गाउँपालिकाका १३ वर्षीय बालक रहेका छन्। पक्राउ परेका ती बालकले ८ वर्षीया बालिका बलात्कार गरेको आरोप रहेको जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिए।शुक्रबार बाख्रा चराउन जंगलमा  गएका बेला नाबालिकालाई बलात्कार गरेको बताइएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।

बलात्कार गरेको आरोपमा बालक पक्राउ

मोरङको बेलबारीकी युवतीलाई बलात्कार गरेको आरोपमा १७ वर्षीय बालक पक्राउ परेका छन्।

करणीको आरोपमा बालक पक्राउ

दाङ – बबई गाउँपालिकाबाट करणी गरेको आरोपमा एक बालक पक्राउ परेका छन्। बबई ५ की एक तीन बर्षीय बालिकालाई करणी गरेको आरोपमा एक १३ बर्षीया बालकलाई प्रहरीले पक्राउ गरेको हो। आरोपित बालकले तीन बर्षीय बालिकालाई करणी गरी भीरबाट खसाएको तथा कानमा लगाएको सुन समेत लुटेको प्रहरीले बताएको छ । बालिकाको हाल बाँकेको भेरी अस्पतालमा उपचार […]

बालिका बलात्कार प्रयास आरोपमा बालक पक्राउ

पाल्पा : बालिकालाई बलात्कारको प्रयास गरेको आरोपमा बालक पक्राउ परेका छन्। तानसेन नगरपालिकाकी ३ वर्षीया बालिकालाई बलात्कार प्रयास गरेको आरोपमा १३ वर्षीय बालक पक्राउ परेका हुन्। जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार आइतबार बिहान बालिकालाई करेसाबारीमा लगेर बलात्कारको प्रयास गरेको आरोप बालकलाई लागेको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

बालक चोरी गर्ने महिला पक्राउ

जनकपुरधाम : जनकपुरबाट अपहरणमा परेका ३ वर्षीय बालकलाई प्रहरीले दुई सातापछि उद्धार गरेको छ।अपहरणमा परेका भारत सीतामढी बैरगनिया प्रखण्ड घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-७ भमरपुराचोकस्थित एक घरमा डेरा बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गरेको हो।  बालक अपहरणमा संलग्न एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका-४ बस्ने ५५ वर्षीया मैथुन खातुन रहेकी छन्।उनलाई घरबाटै मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्ष

बालक अपहरणमा संलग्न भएको आरोपमा एक पक्राउ

बालक अपहरणमा संलग्न भएको आरोपमा सुनसरी इनरुवाका एक जनालाई प्रहरीले पक्राउ गरी मुद्दा चलाएको छ। इनरुवा वडा नं. १० जल्लापुरका इन्जात मियाँलाई प्रहरीले पक्राउ गरी अपहरण तथा शरीर बन्धक कसुरमा मुद्दा चलाएको हो।...

बालक अपहरण गर्ने भारतीय युवक पक्राउ

जनकपुरधाम – १४ महिने बालक अपहरणको आरोपमा प्रहरीले एक भारतीय युवकलाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्यको सितामढी ग्राम पञ्चायत बाजपट्टी– १० घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिका–१६ पुल चोकस्थित डेरामा बस्दै आएका २५ वर्षीय सुरेश ठाकुर रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ । जनकपुरधाम उपमहानगरपलिका–१७ मनहरपुरका रासलाल मुखियाले आफ्ना १४ महिने छोरा […]

बालसुधार गृहबाट चार बालक फरार, एक पक्राउ

विराटनगरस्थित बालसुधार गृहबाट गएराति चार जना बालक फरार  भएका छन् ।फरार भएका मध्ये एक जना आज बिहान पक्राउ परेका छन् । तीन तलामाथिबाट हाम फालेर फरार भएका मध्ये एक जनालाई प्रहरीले विराटनगरको दूध फारमबाट आज पक्राउ गरेको हो ।बाल गृहका इन्चार्ज मिलन चौहानकबा अनुसार फरार मध्ये जवरजस्ती करणी मुद्दाका सोलुखुम्बु घर भएका बालक पक्राउ परेका हुन् ।भागेका अन्य तीन जना अझैसम्म फरार रहेको र फेला पार्न नसकिएको  उनले जानकारी दिए । फरार हुने अरु २ जना जवरजस्ती करणी मुद्दाका कैद सजाय पाएका र एक जना ह

लागूऔषधसहित बालक पक्राउ

२१ फागुन, काठमाडौं । काठमाडौंको नागढुंगाबाट लागूऔषधसहित एकजना बालक पक्राउ परेका छन् । रौतहटबाट काठमाडौंतर्फ आउँदै गरेको ना ८ ख ११०४ नम्बरको बस नागढुंगामा चेकजाँच गर्ने क्रममा १३ वर्षीय बालक लागूऔषधसहित शुक्रबार पक्राउ परेका हुन् । उनले बोकेको झोलामा ७ सय एम्पुल डाइजेपाम, ६ सय एम्पुल फेनरगन र ६ सय एम्पुल नुफिन बरामद भएको महानगरीय […]