जनकपुरधाम : जनकपुरबाट अपहरणमा परेका ३ वर्षीय बालकलाई प्रहरीले दुई सातापछि उद्धार गरेको छ।अपहरणमा परेका भारत सीतामढी बैरगनिया प्रखण्ड घर भई हाल जनकपुरधाम उपमहानगरपालिका-७ भमरपुराचोकस्थित एक घरमा डेरा बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन चौधरीको दुई सातापछि प्रहरीले उद्धार गरेको हो। बालक अपहरणमा संलग्न एक महिलालाई समेत प्रहरीले पक्राउ गरेको हो। पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका-४ बस्ने ५५ वर्षीया मैथुन खातुन रहेकी छन्।उनलाई घरबाटै मंगलबार दिउँसो पक्राउ गरेको धनुषाका प्रहरी उपरीक्ष