सुर्खेत । नेपाल कम्युनिष्ट पार्टी एमाले कर्णाली प्रदेश कमिटी हेरफेर गरिएको छ । केन्द्रीय कमिटीको बैठकको निर्णयअनुसार प्रदेश कमिटी हेरफेर गरिएको हो । यसअघि प्रदेश सह–इन्चार्ज रहेका गोरख बोगटीलाई पार्टीको प्रदेश अध्यक्ष बनाइएको छ भने अध्यक्ष गुलाबजंग शाहलाई सह–इन्चार्ज बनाइएको एमाले प्रदेश कमिटी स्रोतले जनाएको छ । बोगटी नेपाल कम्युनिष्ट पार्टी हुँदा प्रदेश कमिटी अध्यक्ष रहेका थिए । बोगटीले सह–इन्चार्जको जिम्मेवारीमा अरुचि देखाएपछि कमिटी हेरफेर गरिएको स्रोतको भनाई छ । अब कर्ण