कमाइ दिन सक्ने सरल व्यवसायहरू

ज्यादै धनी बन्ने लोभमा दौडनुभन्दा ठिक्क धनी बन्ने उपाय खोज्नुलाई व्यवसायको सरल तरीका भनिन्छ । यस्ता व्यवसायीले जीवनका आधारभूत चीजसँग सम्बद्ध व्यापारलाई ध्यान दिन्छन् । यसबाट चामत्कारिक आम्दानी नभए पनि खान नपाएर भोकै बस्नुपर्ने अवस्था आउँदैन । जस्तै राजमार्गका होटेलमा कोही न कोही खान, वास बस्न वा चिया पिउन आउँछ नै । त्यसैले मानिस हिँडडुल गर्ने ठाउँमा होटेलहरू खोलेका मानिसहरू अर्बपति नहोलान् तर आनन्दसँग जीवन बिताउन सक्छन् । त्रिभुवन विश्वविद्यालय टिचिङ अस्पतालको बाहिर बूढानीलकण्ठ जाने सडकको सटरमा एकजना पाल्पाका व्यवसायीले होटेल राखेका छन् । मुख्य सडक छ तर अस्पतालबाट अलि टाढै छ । उनले त्यो त्यहाँ महीनामा ६५ हजार भाडा तिर्ने रहेछन् । बिहानदेखि रातिसम्म उनी व्यस्त रहेको देखिन्छ । मानिसहरू रोटी, भात, माछामासु, जाडोमा हल्का मदिरासमेत खान आइरहने उनको व्यापार चलिरहेको देखिन्छ । यसरी सडक, अस्पताल, बैंक, क्याम्पस नजिकका खाजा पसलेहरूले ठूलो परिवर्तन गर्न नसके पनि पैसा ठीकै कमाएका रहेछन् भन्ने सहजै अनुमान गर्न सकिन्छ । अस्पतालभित्रको पसलमा नभएको औषधि बेच्ने त्यहाँ वरिपरिका अन्य निजी पसलमा धेरै ग्राहक झुम्मिएको देखिन्छ । त्यसैले जुन ठाउँमा जुन प्रकृतिका ग्राहक आउँछन् त्यस ठाउँमा सोही प्रकृतिको व्यापारमा हात हालेर त्यस क्षेत्रमा बढी ग्राहकमुखी भएर लाग्न सक्ने लगानीकर्ता असफल नहुने देखिन्छ । व्यावसायिक सोच बनाउँदा सरल र परम्परागत रूपमा चलिरहेका व्यवसायमा जीवन निर्वाह सहज देखिन्छ । उतारचढाव त व्यापारमा हुँदै हुँदैन भन्न सकिँदैन । केही वर्ष अगाडिसम्म हात खाली नहुने ओम अस्पताल अगाडिका औषधि, फलफूल र होटेलजस्ता पसलहरू यही मङ्सिर १३ गते साँझ सुनसान देखिए, त्यसैगरी पुलको साइडमा टेक्सीको लाइन बाक्लो हुन्थ्यो अहिले हेर्दा ज्यादै नै पातलो छ । त्यहाँका एक जना फलफूल पसलेलाई अहिले पहिलाजस्तो चमक छैन नि भनी सोध्दा, जवाफ आयो अहिले व्यापार घटेको छ । यसको कारण बारेमा अलि गहिरिएर सोधखोज गर्दा एक जना अलि बढी नाम चलेका डाक्टरले ओम छोडेपछि अन्य सहायक व्यवसायमा पनि ग्राहक घटेको बुझियो । बाह्य वातावरणले अवसर सृजना गर्दा चल्ने वा चुनौती थपिएमा नचल्ने अवस्था नआओस् भन्ने चाहने हो भने आफ्नै क्षमताले ग्राहक तान्न सकिने व्यवसायमा ध्यान दिनुपर्छ । आफ्नै कला, शीप, व्यावहारिकताको माध्यमबाट ग्राहक तान्ने गरी व्यवसाय सञ्चालन गर्नु ज्यादै राम्रो हो । सकेसम्म स्थान राम्रो भयो र आफ्नै तरीकाबाट ग्राहक तान्न सकियो भने, यो नै दिगो र ख्याति कमाउनलायक तरीका हो । थोरै पैसा हुनेले सकेसम्म स्थिर प्रकृतिका व्यापारमा लगानी गरौँ । जस्तै, दाल चामल, तेल, इन्धन आदि । यस्तो सामानको मोडल छिटोछिटो परिवर्तन हुँदैन । मानिसलाई त्यो चिज आवश्यक भइरहन्छ । जस्तै हामी सानो हुँदा कोकाकोला जस्तो थियो, अहिले पनि उस्तै छ र त्यत्तिकै बिकेको छ, मोटर–साइकल र हेलमेट पनि । यस्तै परिवर्तनको दर कम भएका व्यवसायहरूमा कमाउन र टिक्न सकिन्छ । इँटाहरू युगौंदेखि चारपाटे छन् र व्यापारीहरूले मज्जाले घर ठड्याएकै छन् । त्यसैले छिटोछिटो फेशन नफेरिने व्यवसायको खोजी गराैं । अनेक सत्तोसराप गरिए तापनि विश्वमा मदिरा र बियरको व्यापार घटेको छैन, वेदमा समेत मुक्तकण्ठले वाचन गरिने सोमरस बेचेर नेपालले गएको वर्ष २०७७÷७८ मदिराबाट रू. २५ अर्ब ३२ करोड, बियरबाट रू. २१ अर्ब र सिगरेट बिँडी (टोबाको)बाट रू. २० अर्ब अन्तःशुल्क उठाएको कुरा आन्तरिक राजस्व कार्यालयको वेबसाइटमा लेखिएको छ औद्योगिक उत्पादनबाट रू. १५ अर्ब ८० करोडमात्र अन्तःशुल्क उठेको छ । यसको अर्थ मदिराको व्यापारमा फेशन परिवर्तनको मार कम देखिएको छ र व्यापार पनि बढेकै छ । शेयरबजारमा जसरी नेप्से घटेका बेलामा शेयर किन्ने गरिन्छ त्यसैगरी अन्य व्यवसाय गर्नेले पनि सकेसम्म चलिरहेको व्यवसाय खरीद गरेर त्यसलाई अलिकति फरक व्यवस्थापनका साथ चलाउने तरीका अपनाउनु पनि व्यवसायको सरल तरीका हो । कहिलेकाहीँ धैर्य गुमाएका कारोबारीले सस्तोमा विक्री गर्न लागेका व्यवसाय खरीद गरी नयाँ तरीकाले सञ्चालन गर्ने सोच पनि व्यवसायमा अगाडि बढ्ने उपाय हो । शीपमूलक काम जससँग प्रतिस्पर्धा गर्ने तागत अरू कसैसँग नहोस् वा निकै कमसँग होस् त्यस्तो व्यवसाय छान्नु बढी सहज हुन्छ । मर्मतमूलक कार्य जस्तै मोबाइल, ल्यापटप, टिभी, मोटरसाइकल आदिको विक्री पनि हुन्छ र मर्मतबाट दैनिक घरखर्च, बच्चाबच्चीको विद्यालय शुल्क पनि उठाउन सकिन्छ । यी सबै क्षेत्र चमत्कारका क्षेत्र नभए पनि उद्यमीलाई टिकाउने व्यावसायिक क्षेत्र हुन् । व्यवसाय जागीर होइन, जसमा निश्चित तलब होस् । यो भाग्यको खेल पनि होइन, जसमा अकस्मात् चिट्ठा ( लटरी) परोस् । त्यसैले यसमा सफल हुनका लागि निरन्तर मेहनत र ग्राहकसँग एकनासको व्यवहार गर्नुपर्छ । ग्राहक बढाउनु भनेको विश्वासको वातावरण कायम गर्दै मूल्य र गुणस्तरमा सन्तुलन बनाउनु हो । बजार बनाउने हो, ग्राहक सृजना गर्ने हो । बनीबनाउ सफलताका सूत्रहरू कतै पनि भेटिँदैन । अवसर खोज्दै र चुनौतीलाई परास्त गर्दै अगाडि बढ्ने हो । जुन व्यवसायमा सरलता छ, त्यहाँ टिकाउपन हुन्छ । त्यसैले सरल र सम्भावना भएका व्यवसाय रोजाैं । धेरै ठूला सपनामा रम्नुभन्दा टिक्ने र बिक्ने व्यवसायलाई बिस्तारै वृद्धि र विविधीकरण गर्ने उपायबाट प्रगति गर्दै जानुपर्छ । नेपालमा व्यवसायको वातावरण छैन, बजार सानो छ भन्नेजस्ता बहानाबाजी बनाउनुभन्दा हुने र सक्ने काममा लगानी गर्दै जानुपर्छ । शेयरबजार र अन्य व्यवसायमा फरक छ । त्यो के भने शेयरमा लगानीकर्ताको नियन्त्रण हँुदैन । तर, अन्य उद्यम, व्यवसायमा लगानीकर्ताकै नियन्त्रण हुन्छ । लेखक कैलाशकूट बहुमुखी क्याम्पसमा व्यवस्थापन विषय अध्यापन गर्छन् ।

सम्बन्धित सामग्री

राम्रो कमाइ गर्दै शाहरुख खानको ‘जवान’

मुम्बई- शाहरुख खान स्टारर ‘जवान’ ले भारतसहित अन्तर्राष्ट्रिय बजारमा राम्रो कमाइ गरिरहेको छ । फिल्मको हिन्दी संस्करणले आइतबार (चौथो दिनसम्म) भारतीय बक्स अफिसमा २५२.०८ करोड भारु कमाएको छ । बिहीबार ६५.५० करोड भारुको ओपनिङ गरेको फिल्मले आइतबार ७१.६३ करोड भारु कमायो । यो कमाइ कुनै हिन्दी फिल्मले एकैदिनमा कमाएको सर्वाधिक रकम हो । सोही अवधिमा तमिल […]

पहिलो साता ‘छक्कापञ्जा ४’को कमाइ आठ करोड हाराहारीमा

काठमाडौं । ‘छक्कापञ्जा ४’ले पहिलो साता घरेलु बक्स अफिसमा आक्रामक कमाइ गरेको छ । गत शुक्रबार रिलिज भएको फिल्मले पहिलो साता आठ करोड रुपैयाँ हाराहारीमा ग्रस कलेक्सन गरेको छ । दोस्रो शुक्रबारको कमाइ जोड्दा कलेक्सन आठ करोड माथि उक्लिने प्रक्षेपण छ । वितरण कम्पनी ब्यांकटेस इन्टरटेनमेन्टका प्रमुख मनोज राठीले फिल्मले पहिलो साता उक्त कमाइ गरेको […]

कमाइ चार आना, खर्च आठ आना

समाजको चिरपरिचित उखान हो यो, ‘कमाइ चार आना, खर्च आठ आना’ । उखानमा समेटिएजस्तै छ अहिले देशवासीको जीवन । कमाइ गर्ने क्षेत्रहरू क्रमशः साँघुरिँदै गएका छन् भने अर्कातिर खर्च गर्ने क्षेत्रहरूमा विश्व रेकर्ड बन्दै गएको छ । यी दुई पक्षको वैज्ञानिक वृद्धि नहुँदा दोब्बर ऋणको भारी बोक्न थालेका छन् जनता । यसैको कारण नीति तहबाटै […]

शनिबारसम्म नेपालमा ‘पठान’को कमाइ ५ करोड हाराहारीमा

काठमाडौं । शाहरुख खान स्टारर बलिउड फिल्म ‘पठान’ले तीन दिनमा नेपाली बक्सअफिसमा तीन करोड रुपैयाँ हारहारीमा कमाइ गरेको छ । बुधबारदेखि रिलिज भएको यो फिल्मले शनिबार एकैदिनमा डेढदेखि २ करोडसम्म कमाइ गर्ने प्रक्षेपण गरिएको छ । जसअनुसार प्रदर्शनको चार दिनसम्म फिल्मको कूल कमाई साढे चारदेखि पाँच करोड ग्रस पुग्ने प्रक्षेपण छ । शनिबार मल्टिप्लेक्स र […]

‘सुदूरका लागि ‘पढाइ, कमाइ र दवाइ’ अभियान’

काठमाडौं, १० माघ । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले समृद्धिका लागि पढाइ, कमाइ र दवाइको अभियान सुरु गर्ने बताएका छन्। काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै मुख्यमन्त्री रावलले सुदूरपश्चिमको समृद्धिका लागि पढाइ, कमाइ र दवाइका साथै पानी, खानी र जवानीलाई बाहिर ल्याउने अभियान सुरु गरिने बताए। विभिन्न प्राकृतिक एवम् सांस्कृतिक सम्पदा संरक्षण, संवर्धन र प्रचार […]

तरकारीका बिरुवा बेचेर मनग्य कमाइ

कम लगानी र मेहनतमा लाखौं कमाइ हुने भएपछि कृषकले बिरुवा उत्पादनमा जोड दिएका हुन्।

भेडापालनबाट झण्डै वार्षिक तीन लाख कमाइ

तेह्रथुम – तेह्रथुमको आठराई गाउँपालिका–३ ह्वाकुका सुमन गुरुङले विदेशमा भन्दा पनि आफ्नै घरगाउँमा आजकल राम्रो कमाइ गर्न थाल्नुभएको छ । चार वर्ष विदेश बसेर दुई वर्ष अगाडि घर फर्कनुभएका २७ वर्षीय गुरुङले स्वदेशमा नै भेडापालन गरी विदेशमा भन्दा राम्रो कमाइ गर्न थाल्नुभएको छ । कोरोनाका कारण घर फर्कनुभएका गुरुङ अब के गरेर जीवन चलाउने भन्ने सोचमा हुनुहुन्थ्यो । त्यत्तिकैमा आफ्नो पुर्ख्यौली पेशा रहेको तर हाल लोपोन्मुख हुँदै गएको भेडापालन गरेर पनि आम्दानी लिन सकिने उहाँको मनमा आयो । त्यसैले विदेशबाट आएपछि आफ्नै ग...

‘कबड्डी ४’को तीन दिनको ग्रस कमाइ आठ करोड

काठमाडौं । ‘कबड्डी ४’ले घरेलु बक्स अफिसमा पहिलो सप्ताहन्त ओपनिङ कीर्तिमान कायम गरेको छ । फिल्मको तीन दिनको कुल ग्रस कमाइ झण्डै ८ करोड रुपैयाँ छ । तीन दिनमा लगातार तीन करोड अनुपातमा कमाइ गरेको फिल्मले आगामी दुई दिनमा दुई अंकको कमाइ गर्ने अपेक्षा छ । सोमबार र मंगलबारको शो र अकुपेन्सी हेर्दा कमाइले १० […]

'ए मेरो हजुर ४' को कमाइ ५ करोडमाथि

काठमाडौं :  नेपाली फिल्म 'ए मेरो हजुर ४' ले करिब ५ करोडमाथिको कमाइ गरेको छ। नयाँ वर्षको अवसर पारेर प्रदर्शनमा आएको फिल्मले दुई हप्तामा ५ करोड ६० लाखमाथिको कारोबार गरेको हो। निर्माण टोलीका अनुसार फिल्मले पहिलो हप्ता ४ करोड १० लाख माथिको कमाइ गरेको थियो। दोस्रो हप्ता डेढ करोड कमाउँदै फिल्म ५ करोड ६० लाखको आँकडा छोएको हो।योसँगै फिल्मले लगानीको लगभग दोब्बर कमाइ गर्दै कारोना महामारीपछि धेरै कमाउने फिल्मको सूचीमा दोस्रो नम्बरमा पुगेको छ। यसअघि फागुनमा प्रदर्शनमा आएको 'म यस्त

५ दिनमा 'केजिएफ २' को कमाइ ६ अर्बभन्दा माथि

काठमाडौं : बिहीबार प्रदर्शनमा आएको कन्नड फिल्म 'केजिएफ च्याप्टर २' ले ६ अर्बभन्दा माथि कमाइ गरेको छ। फिल्मले ५ दिनमै ६ अर्बको आँकडा पार गरेको हो। योसँगै 'केजिएफ २' ६ अर्बभन्दा बढी कमाइ गर्ने दशौँ भारतीय फिल्म पनि बनेको छ।१० हजारभन्दा बढी पर्दामा एकसाथ प्रदर्शनमा आएको फिल्मले पहिलो दिन नै १ अर्ब ३० करोडभन्दा बढी कमाइ गरेको थियो। निर्माण टोलीका अनुसार फिल्मले ५ दिनमा विश्वभरिबाट ६ अर्ब २५ करोडको कमाइ गरेको छ। साथै सबैभन्दा धेरै कमाउने भारतीय फिल्मको सूचीमा पनि न