२८ मंसिर, बुटवल । रुपन्देहीको तिलोत्तमामा निजी क्षेत्रको लगानीमा निर्माणाधीन अन्तर्राष्ट्रियस्तरको क्रिकेट मैदानको पहिलो चरणको काम पूरा भएको छ । एक्स्ट्राटेक ओभल प्रालिको लगानीमा तिलोत्तमा नगरपालिका वडा नं. १७ पूर्व दरखसवामा गत जेठ २९ गते रंगशालाको शिलान्याश भएको थियो । शिलान्यास भएको ६ महिनामै खेल मैदान निर्माणको काम पूरा भएको हो । जेठमा शिलान्याश भएपनि […]
रूपन्देही । २५ सय ६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा भएको छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा लिने गर्छन् ।
बुद्धजयन्तीका कार्यक्रमको तयारी पूरा भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनका अनुसार मायादेवी मन्दिरको सरसफाइ, रङरोगन गरी चिटिक्क बनाइएको छ । अन्य क्षेत्रमा सौन्दर्यीकरणको काम गरिएको छ । मन्दिर आसपासका पुरातात्त्विकक संरचनालाई फूल र मालाले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर आकर्षक पारिएको छ । स्तम्भसम्म पुग्ने सडक पनि सफा गरेर सुन्दर बनाइएको छ । मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ ।
ठाउँ ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशीलका तुल ब्यानर टाँसिएका छन् । आगन्तुकको स्वागतका लागि बाहिर नै गेट बनाइएको छ । अघिल्ला वर्षहरूभन्दा यसपटक लुम्बिनीलाई विशेष रूपमा सजाउने काम गरिएको छ । कोरोना महामारीका कारण अघिल्लो बुद्ध जयन्ती मनाउन नपाएका कारण पनि यो वर्ष विशेष तयारी गरिएको विकास कोषले बताएको छ ।
लुम्बिनीमै बनेको अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको पनि बुद्धजयन्तीका दिन शुभारम्भ गर्ने कार्यक्रम छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत निर्माण थालिएको अत्याधुनिक सुविधासहितको सभाहल चार वर्षमा पूरा भएको छ । सो सभाहलकोे प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्नुहुने बताइएको छ ।
तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको सभाहल कोरोना महामारीका कारण एक वर्ष ढिलो सम्पन्न भएको हो । पाँच हजार सिट क्षमताको यो सभाहलको मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यीकरणको काम पूरा भएको हो । विसं २०७५ वैशाख १७ गते २५६२ औँ बुद्धजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गर्नुभएको थियो ।
कोषका अनुसार छाता शैलीमा निर्माण भएको यो हलमा गर्मीमा चिसो र जाडोमा तातो बनाउन छदेखि आठ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने इपीएस प्यानल प्रयोग गरिएको छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार सभाहलको कुल लागत करीब रू. साढे ७४ करोड रहेको छ ।
ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । हलको भित्रतिर माथि पहेँलो रङको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४७६ ओटा बत्ती जडान गरिएको छ ।
लुम्बिनीमा हुने बुद्धजयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि कोषले दक्षिण एसियाकै नमूना सभाहल निर्माण सुरु गरेको थियो । सन् २०१६ को अन्तरराष्ट्रिय बौद्ध सम्मेलन मनाउने क्रममा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए । सोही बमोजिम मुलुककै ठूलो सभाहल निर्माणको काम पूरा भएको छ ।
सभाहलकै नजिक रू. ७५ लाखको लागतमा चारओटा हेलिप्याड निर्माणको कामसमेत सम्पन्न भएको विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए ।
‘लुम्बिनी गुरुयोजना अनुसार कोषको बाटो पार्कसहित तीनओटा हेलिप्याड निर्माणका लागि ठेक्कामा दिएका थियौँ तर, अहिले डिजाइनमा सामान्य परिवर्तन गरी चारओटा हेलिप्याड बनायौँ,’ उनले भने । यस पटक बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा चार दिनसम्म विशेष कायर्कम गरिने कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए । रासस
माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भरतपुर महानगरपालिकाले देशभरि बेग्लै पहिचान बनाएको बताएका छन् । शुक्रबार भरतपुर महानगरपालिकाको प्रशासकीय भवन शिलान्यास गर्दै प्रचण्डले विकास प्रक्रियाको तीव्रताका कारण आमनेपालीले विशिष्ट महानगरका रूपमा भरतपुरलाई...
दोलखाको भीमेश्वर नगरपालिका–९ डाङडुंगे डाँडामा प्रस्तावित अन्तर्राष्ट्रियस्तरको चलचित्र नगरीको काम सुस्ताएको छ । विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) तयार गरी चार वर्षअघि तत्कालीन सूचना तथा सञ्चारमन्त्री मोहनबहादुर बस्नेत र चलचित्र विकास बोर्डका अध्यक्ष निकिता पौडेलले शिलान्यास गरेपछि कामले तीव्रता पाउनुको सट्टा आशाविपरीत सुस्ताएको छ ।सूचना तथा सञ्चार मन्त्रालय मातहत रहने प्रस्तावित चलचित्र नगरीको काम शिलान्यास लगत्तै […]
मकवानपुर – हेटौँडामा २८ करोड ३६ लाख ५५ हजार रुपैयाँकाे लागतमा अन्तर्राष्ट्रियस्तरको कृषि थोक बजार निर्माण सुरु भएको छ । वाग्मती प्रदेशको भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय अन्तर्गतको कृषि विकास निर्देशनालय र हेटौँडा उपमहानगरपालिकाको सहकार्यमा प्रादेशिक कृषि थोक बजार निर्माण सुरु भएको हो ।
कृषि थोक बजारको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले शिलान्यास गर्नुभयो । हेटौँडा उपमहानगरपालिका वडा नम्बर–११ थानाभर्याङमा कृषि थोक बजार निर्माणको काम सुरु भएको र भविष्यमा यो थोक बजारबाट सबैले फाइद...
विराटनगर विमानस्थलमा अन्तर्राष्ट्रियस्तरको नयाँ र आधुनिक टर्मिनल भवन बन्ने भएको छ । तीन वर्षभित्र निर्माण गरिसक्ने गरी भवनको ठेक्का लागेपछि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले टर्मिनल भवनको शिलान्यास गर्नुभयो ।
त्रिभुवन विश्वविद्यालय (टियू) परिसरभित्र अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्ड हल निर्माण हुने भएको छ । ८२ करोड रुपैयाँ बजेटमा बन्ने कभर्ड हलको युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले मंगलबार शिलान्यास गरेका छन् ।...पूरा पढ्नुहोस् »
युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्डहलको मंगलबार शिलान्यास गरेका छन् । त्रिभूवन विश्वविद्यालय (टीयू) परिसरभित्र बन्न लागेको कभर्डहलको शिलायन्स गरिएको हो । विश्वविद्यालय परिसरभित्रै रहेको अन्तर्राष्ट्रिय क्रिकेट मैदानको पश्चिममा रहेको खाली ठाउँमा कभर्डहल बनाइने छ । करिब ८२ करोड लागत अनुमान गरिएको कभर्डहल निर्माणका लागि टीयूले राष्ट्रिय खेलकुद परिषद् (राखेप) लाई ७४ रोपनी…