२५ सय ६६औं बुद्धजयन्तीको तयारी पूरा

रूपन्देही । २५ सय ६६ औँ बुद्धजयन्ती तथा लुम्बिनी दिवसको तयारी पूरा भएको छ । हरेक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन लुम्बिनीमा विविध कार्यक्रम आयोजना गरी बुद्ध जयन्ती मनाइन्छ । गौतम बुद्धको जन्म, बुद्धत्व प्राप्ति र महापरिनिर्वाण प्राप्ति वैशाख शुक्ल पूर्णिमाकै दिन भएकाले यस दिनलाई बौद्ध धर्मावलम्बीले त्रिसंयोग दिवसका रूपमा लिने गर्छन् । बुद्धजयन्तीका कार्यक्रमको तयारी पूरा भएको लुम्बिनी विकास कोषका सदस्य सचिव सानुराजा शाक्यले जानकारी दिए । उनका अनुसार मायादेवी मन्दिरको सरसफाइ, रङरोगन गरी चिटिक्क बनाइएको छ । अन्य क्षेत्रमा सौन्दर्यीकरणको काम गरिएको छ । मन्दिर आसपासका पुरातात्त्विकक संरचनालाई फूल र मालाले सजाएर आकर्षक बनाइएको छ । मन्दिर परिसरभित्र, बाहिर र अशोक स्तम्भभित्र सरसफाइ गरेर आकर्षक पारिएको छ । स्तम्भसम्म पुग्ने सडक पनि सफा गरेर सुन्दर बनाइएको छ । मन्दिर र पवित्र उद्यान क्षेत्रमा झिलीमिली बत्ती राखिएको छ । ठाउँ ठाउँमा बुद्ध वचन, वाणी र पञ्चशीलका तुल ब्यानर टाँसिएका छन् । आगन्तुकको स्वागतका लागि बाहिर नै गेट बनाइएको छ । अघिल्ला वर्षहरूभन्दा यसपटक लुम्बिनीलाई विशेष रूपमा सजाउने काम गरिएको छ । कोरोना महामारीका कारण अघिल्लो बुद्ध जयन्ती मनाउन नपाएका कारण पनि यो वर्ष विशेष तयारी गरिएको विकास कोषले बताएको छ । लुम्बिनीमै बनेको अन्तर्राष्ट्रियस्तरको बौद्ध सभाहल तथा ध्यान केन्द्रको पनि बुद्धजयन्तीका दिन शुभारम्भ गर्ने कार्यक्रम छ । राष्ट्रिय गौरवको योजनाअन्तर्गत निर्माण थालिएको अत्याधुनिक सुविधासहितको सभाहल चार वर्षमा पूरा भएको छ । सो सभाहलकोे प्रधानमन्त्री शेरबहादुर देउवाले शुभारम्भ गर्नुहुने बताइएको छ । तीन वर्षमा सम्पन्न गर्ने योजना रहेको सभाहल कोरोना महामारीका कारण एक वर्ष ढिलो सम्पन्न भएको हो । पाँच हजार सिट क्षमताको यो सभाहलको मुख्य पूर्वाधारको काम पहिलो चरणमा सम्पन्न भएको थियो भने दोस्रो चरणमा फिनिसिङ र सौन्दर्यीकरणको काम पूरा भएको हो । विसं २०७५ वैशाख १७ गते २५६२ औँ बुद्धजयन्तीका अवसरमा राष्ट्रपति विद्यादेवी भण्डारीले सो सभाहलको शिलान्यास गर्नुभएको थियो । कोषका अनुसार छाता शैलीमा निर्माण भएको यो हलमा गर्मीमा चिसो र जाडोमा तातो बनाउन छदेखि आठ डिग्रीसम्म तापक्रम तलमाथि हुन सक्ने इपीएस प्यानल प्रयोग गरिएको छ । लुम्बिनी विकास कोषका योजना प्रमुख सरोज भट्टराईका अनुसार सभाहलको कुल लागत करीब रू. साढे ७४ करोड रहेको छ । ध्यान र शान्तिको कार्यक्रम गर्ने ठाउँ भएकाले भित्रै पूरै सेतो रङ लगाइएको छ । हलको भित्रतिर माथि पहेँलो रङको लोटस बनाइएको छ । भित्र उज्यालोका लागि छतमा ४७६ ओटा बत्ती जडान गरिएको छ । लुम्बिनीमा हुने बुद्धजयन्ती समारोह, आध्यात्मिक, धार्मिकलगायतका कार्यक्रम गर्न हलको अभाव भएपछि कोषले दक्षिण एसियाकै नमूना सभाहल निर्माण सुरु गरेको थियो । सन् २०१६ को अन्तरराष्ट्रिय बौद्ध सम्मेलन मनाउने क्रममा पानीले कार्यक्रम नै प्रभावित बनेपछि सोही कार्यक्रममा उपस्थित भएका तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले आधुनिक र भव्य सभाहल बनाउन निर्देशन दिएका थिए । सोही बमोजिम मुलुककै ठूलो सभाहल निर्माणको काम पूरा भएको छ । सभाहलकै नजिक रू. ७५ लाखको लागतमा चारओटा हेलिप्याड निर्माणको कामसमेत सम्पन्न भएको विकास कोषका योजना प्रमुख सरोज भट्टराईले जानकारी दिए । ‘लुम्बिनी गुरुयोजना अनुसार कोषको बाटो पार्कसहित तीनओटा हेलिप्याड निर्माणका लागि ठेक्कामा दिएका थियौँ तर, अहिले डिजाइनमा सामान्य परिवर्तन गरी चारओटा हेलिप्याड बनायौँ,’ उनले भने । यस पटक बुद्धजयन्तीको अवसरमा बुद्धजन्मस्थल तथा देवदह र कपिलवस्तुको तिलौराकोटमा चार दिनसम्म विशेष कायर्कम गरिने कोषका कोषाध्यक्ष तथा प्रचारप्रसार उपसमितिका संयोजक ढुण्डीराज भट्टराईले जानकारी दिए । रासस

सम्बन्धित सामग्री

२५६७औँ बुद्धजयन्तीको तयारी पूरा

२५६७औँ बुद्धजयन्तीको सम्पूर्ण तयारी पूरा भएको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँतीले शान्तिदीपमा दीप प्रज्वलन र प्राथना गरेर बिहीबार साँझ बुद्धजयन्तीको शुभारम्भ गरे ।  शुक्रबार प्रधानमन्त्री प्रचण्डले औपचारिक...

सिमरा गोल्डकपको तयारी पूरा

१३औँ जितपुर–सिमरा गोल्डकप फुटबल प्रतियोगिताको तयारी पूरा भएको छ । सिमरा रंगशालामा मंगलबार आयोजकले पत्रकार सम्मेलन गरी सबै तयारी पूरा भएको जनाएको हो । गोल्डकप ९–१८ चैतसम्म हुने आयोजक समितिका महासचिव शम्भुसिंह...

निर्वाचनको सम्पूर्ण तयारी पूरा : आयोग

निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइतबार (भोलि) हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। शनिबार पत्रकार सम्मेलन गर्दै प्रमुख निर्वाचन...

निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको छ: दिनेशकुमार थपलिया

काठमाडाैँ- निर्वाचन आयोगले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। आइतबार हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको हो। शनिबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउन आवश्यक पर्ने निर्वाचन सञ्चालन तथा व्यवस्थापनसम्बन्धी सम्पूर्ण तयारी पूरा भइसकेको बताए। […]

महिला साफको तयारी पूरा

अखिल नेपाल फुटबल संघ (एन्फा) को आयोजनामा काठमाडौंमा हुने साफ महिला च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । दक्षिण एशियाली फुटबल संघ (साफ) को कार्यक्रम अनुसार एन्फाको आयोजनामा दशरथ रंगशालामा आयोजना हुने लागेको च्याम्पियनसिपको सम्पूर्ण तयारी पूरा भएको एन्फाले जनाएको हो ।च्याम्पियनसिप भदौ २१ देखि असोज ३ गतेसम्म दशरथ रंगशालामा हुँदैछ । प्रतियोगिताका संयोजक तथा एन्फाका वरिष्ठ उपाध्यक्ष वीरबहादुर खड्काले यस प्रतियोगिताको तयारी पूरा भएको र नेपालमा आयोजना हुन लागेको प्रतियोगिताले महिला फुटबल

महिला साफको तयारी पूरा

इलाम : नेपालमा आयोजना हुने महिला साफ च्याम्पियनसिप २०२२ सम्पूर्ण तयारी पूरा भएको छ। आगामी भदौ २१ गतेबाट असोज ३ गतेसम्म त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने साफको सम्पूर्ण तयारी पूरा भएको हो।अखिल नेपाल फुटबल संघ (एन्फा)ले शुक्रबार पत्रकार सम्मेलन गर्दै महिला साफको सम्पूर्ण तयारी पूरा भएको जानकारी गराएको छ।पंकजविक्रम नेम्वाङको नेतृत्वमा एन्फाको नयाँ कार्य समितिको आयोजनामा महिला साफ पहिलो प्रतियोगिता हो। यसअघि पाँचौँ संस्करण समेत नेपालले नै विराटनगरमा आयोजना गरेको थियो। एन्फाका वरिष्ठ उपाध्यक

निर्वाचनको सम्पूर्ण तयारी पूरा

काठमाडौँ– भोलि हुने स्थानीय तह निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको निर्वाचन आयोगले जनाएको छ ।  बिहीबार आयोगले पत्रकार सम्मेलन गरेर सम्पूर्ण तयारी पूरा भएको जनाएको हो । निर्वाचन आयोगका प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको भन्दै ढुक्क भएर मतदान गर्न मतदातालाई अपिल गरेका छन् ।  ‘निर्वाचनको तयारी सबै पूरा भइसकेको छ। […]

ट्रेड एक्स्पोको तयारी पूरा

मोरङ व्यापार संघको आयोजनामा विराटनगरमा हुन लागेको ‘ट्रेड एक्स्पो–२०२२’ को सम्पूर्ण तयारी पूरा भएको छ।...

झापा गोल्डकपको तयारी पूरा

आगामी शनिबारदेखि सुरु हुन लागेको पाँचाैँ संस्करणको झापा गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको छ । झापा गोल्डकप आयोजक समितिले बिहीबार पत्रकार सम्मलेलन आयोजना गर्दै गोल्डकपको सम्पूर्ण तयारी पूरा भएको जनाएको हो ।  मोफसलकै प्रतिष्ठित...

महाशिवरात्रीको सम्पूर्ण तयारी पूरा

काठमाडौं । फागुन १७ गते परेको महाशिवरात्रि पर्वको सम्पूर्ण तयारी पूरा भएको छ । कोषले आइतबार पत्रकार सम्मेलन गरी पर्वलाई व्यवस्थित ढङ्गले सम्पन्न गर्न तयारी पूरा भएको जनाएको हो । सुरक्षा व्यवस्था, दर्शन, चन्दन, मन्दिर रात्रिकालीन व्यवस्था, आवास, भोजन, साधुसन्त सत्कार तथा धार्मिक कार्यक्रम, सरसफाई, जुत्ताचप्पल व्यवस्थापन, स्वास्थ्य सेवा व्यवस्था तथा स्वयंसेवक परिचालनका सम्पूर्ण काम […]