त्रिभुवन विश्वविद्यालय (टियू) परिसरभित्र अन्तर्राष्ट्रियस्तरको बहुउद्देश्यीय कभर्ड हल निर्माण हुने भएको छ । ८२ करोड रुपैयाँ बजेटमा बन्ने कभर्ड हलको युवा तथा खेलकुदमन्त्री राजेन्द्रकुमार केसीले मंगलबार शिलान्यास गरेका छन् ।...पूरा पढ्नुहोस् »
काठमाडौं महानगर पालिका १५ स्थित डल्लु आवास क्षेत्रमा बहुउद्देश्यीय कभर्ड हल बन्ने भएको छ । भुकम्प स्मृति बहुउद्देश्यीय कभर्डहलको शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री एवं नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवनराम श्रेष्ठले शिलन्यास गर्नुभयो ।
मोरङको उर्लाबारीमा प्रदेश १ को नमूना कबर्ड हल निर्माण हुने भएको छ । तीन करोड २८ लाख रुपियाँमा निर्माण हुने कभर्ड हलमा तीन वटा कोर्ट निर्माण गरिने छ ।
कभर्ड भित्र सबै खाले इन्डोर प्रतियोगिता गर्न सकिने उर्लाबारी ब्याडमिन्टन क्लबका अध्यक्ष हंसबहादुर फागुले बताउनुभयो । फागुका अनुसार निर्माण कम्पनीले तीन वर्ष भित्रमा कभर्ड हल उर्लाबारी नगरपालिकालाई हस्तान्तरण गर्ने छ ।
हिमालपारीको जिल्ला मुस्ताङमा खेलकुद पूर्वाधार बन्ने क्रममा छन् । तयारी नवौं राष्ट्रिय खेलकुद प्रतियोगिताको लागि हो । नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अगावै कभर्ड हल निर्माण गर्ने लक्ष्य र योजना छ । काम निरन्तर छ ।