कैलाली – सुदूरपश्चिम प्रदेशको कार्यालय धनगढीमा नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षीय कार्यकर्ताबीच झडप भएको छ ।
बोर्ड र नेमप्लेट राख्ने विषयमा विवाद भएपछि दुई पक्षका कार्यकर्ताबीच झडप भएको धनगढीका प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रतीक विष्टले उज्यालाेलाई जानकारी दिनुभयो ।
बुधवार बिहान नेकपा एमालेको माधव समूहले पार्टी कार्यालयमा राखेका बोर्ड, ओली समूहले हटाएर नयाँ बोर्ड राखेको थियो । ओली समूहले सुदूरपश्चिम इन्चार्जको कार्यकक्षमा लेखराज भट्टको नेमप्लेट राखिएको ...