नेपाल समाचारपत्र, काठमाडौं । काठमाडौं महानगर र उपत्यकाका विभिन्न सडक र चोकमा थुप्रिएको फोहोर आजबाट व्यवस्थापन हुने भएको छ । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यको संयोजकत्वमा मंगलबार काठमाडौंका प्रमुख जिल्ला अधिकारी, सडक विभागका महानिर्देशक, प्रहरी वरिष्ठ उपरीक्षक सहितको बैठकले बुधबारबाट उपत्यकाको फोहोर व्यवस्थापन गर्ने निर्णय भएको हो । काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद रिजालले काठमाडौं […]