विश्व स्वास्थ संगठन (डब्लुएचओ)ले कोरोना महामारी सन् २०२२ सम्म जारी रहनसक्ने चेतावनी दिएको छ । मध्यम र उच्च आय भएका देशका नागरिकले मात्र सहज रूपमा खोप लगाउन पाएको तथा कतिपय गरिब मुलुकका जनता खोपको पहुँच बाहिर भएको सन्दर्भमा डब्लुएचओले यस्तो चेतावनी दिएको हो ।
डब्ल्युएचओका डाक्टर ब्रुस एल्वार्डले खोपको असमान वितरणका कारण यस्तो अवस्था निम्तनसक्ने चेतावनी दिएका हुन् । अन्य मुलुकले ४० प्रतिशतको हाराहारीमा खोप लगाइसक्दा अफ्रिकामा ५ प्रतिशतभन्दा कमले मात्रै खोप लगाएका छन् । उनले गरिब देशहरूलाई प्राथमिकतामा र...