वैदेशिक रोजगारीका क्रममा १२ सयभन्दा बढी नेपाली कामदारले गुमाए ज्यान, सबैभन्दा बढी साउदीमा

काठमाडौं। गत आर्थिक वर्ष २०७७/७८मा वैदेशिक रोजगारीका क्रममा १२ सय ४२ जना नेपाली कामदारले ज्यान गुमाएका छन्। वैदेशिक रोजगार बोर्डका अनुसार गत वर्ष सबैभन्दा बढी साउदी अरबमा ३६२ जनाले ज्यान गुमाएका थिए। त्यस्तै मलेसियामा २८०जना,कतारमा २३९ जना,दुबईमा२०८ जना र कुवेतमा ५५ जना र अन्य देशमा ९८ जनाले ज्यान गुमाएका छन्। जसमध्ये पुरुष १२ सय १३जना र महिला २९ जना छन्।

सम्बन्धित सामग्री

उपत्यकामा घट्यो महँगी, सबैभन्दा बढी पहाडमा

काठमाडौँ उपत्यकाको महँगी घटेको छ। सबैभन्दा बढी महँगी पहाडमा भएको जनाइएको छ।

केरामा सबैभन्दा बढी विषादी

चितवनमा केरामा सबैभन्दा बढी विषादी भेटिएको छ। कृषि ज्ञान केन्द्र चितवनले परीक्षण गर्दा  सबैभन्दा बढी विषादी केरामा भेटिएको हो।  कृषि ज्ञान केन्द्रका प्राविधिक सहायक सुरेश सिम्खडाका अनुसार आर्थिक वर्ष २०७९÷८० मा सात सय १८ तरकारी र फलफूलको नमूना परीक्षण गर्दा केरामा बढी विषादी केरामा भेटिएको छ। केरापछि फर्सी र भन्टामा बढी विषादी हालेको पाइएको छ चालु आवको साउनमा गरिएका परीक्षणमा पनि सबैभन्दा बढी विषादी केरामा नै भेटिएको उनले बताए। केरामा पकाउनका लागि प्रयोग हुने इथालिन र क्याल्सियम कार्बोनेट बढी प्रयोग गरेको पाइएको छ।

आइएमई सबैभन्दा बढी कर तिर्नेमा सम्मानित

आइएमई आर्थिक वर्ष २०७७/७८ मा सबैभन्दा बढी कर तिर्ने कम्पनीको रूपमा सम्मानित भएको छ।

ट्राफिक नियम मिच्नेमा मोटरसाइकल चालक सबैभन्दा बढी

जिल्लामा मोटरसाइकल चालकले सबैभन्दा बढी ट्राफिक नियम उल्लंघन गर्नेगरेको पाइएको छ। गत आर्थिक वर्ष २०७८/०७९ मा प्रहरीले ट्राफिक नियमविपरीत कुदाइएका मोटरसाइकलबाट नै सबैभन्दा बढी राजस्व संकलन गरेको पनि देखिएको छ।...

सबैभन्दा बढी भ्रष्टाचार उपसचिव र अधिकृतबाट

सरकारी निकायमा सबैभन्दा बढी भ्रष्टाचारमा संलग्न हुनेमा उपसचिव र शाखाअधिकृत स्तरका कर्मचारी रहेको पाइएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको आर्थिक वर्ष २०७७-७८ को वार्षिक प्रतिवेदनको तथ्यांकगत विश्लेषण गर्दा सबैभन्दा बढी भ्रष्टाचार शाखा अधिकृत र उपसचिवस्तरका कर्मचारीबाट भएको पाइएको हो ।अख्तियारले आफ्नो प्रतिवेदनमा भ्रष्टाचारका रूप रंग र प्रवृत्तिको चिरफार गर्दै अहिले पनि विभिन्न सरकारी कार्यालयमा सेवाप्रवाहका क्रममा घुसको लेनदेन हुने क्रम व्यापक रहेको आंैल्याएको छ । सरकारी आम्दानी खर्च,

सबैभन्दा बढी वर्षा डडेलधुरामा

१ कात्तिक, काठमाडौं । २४ घण्टाको अवधिमा सबैभन्दा बढी वर्षा डडेलधुरामा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । देशभर रेकर्ड भएका १९६ केन्द्रहरुमध्ये सबैभन्दा धेरै डडेलधुरामा वर्षा मापन भएको हो । २४ घण्टाको अवधिमा डडेलधुराको जोगबुढा केन्द्रमा सबैभन्दा धेरै १६८ दशमलव ८ मिलिमिटर वर्षा भएको छ । डडेलधुराकै गाइबन्डे केन्द्रमा १४७ दशमलव ६ […]

'स्क्विड गेम' बन्यो नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज

दक्षिण कोरियाली सिरिज 'स्क्विड गेम' नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज बनेको छ। सेप्टेम्बर १७ मा रिलिज भएको यस सिरिजलाई हालसम्म १११ मिलियन पटक हेरिएको छ। रिलिज भएको चार सातापछि १११ मिलियन भ्युज पाउँदै यो सिरिज नेटफ्लिक्समा सबैभन्दा बढी हेरिएको सिरिज बन्न पुगेको हो। नेटफ्लिक्सले ट्विटरमा यो सबैभन्दा बढी हेरिएको सिरिज…

माओवादीबाट सबैभन्दा बढी मन्त्री महिला

काठमाडौं, २२ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाको दल नेपाली काँग्रेसले सबैभन्दा बढी संख्यामा मन्त्री बनाएपनि एकजना मात्र महिलालाई मन्त्री बनाएको छ । नेपाल महिला संघकी अध्यक्ष समेत रहेकी उमा रेग्मीलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री बनाएको हो । सबैभन्दा बढी नेकपा माओवादी केन्द्रले ३ जना महिलालाई सरकारमा पठाएको छ । उसले २ मन्त्री र […]

सबैभन्दा बढी चढ्ने मोटरसाइकलमै कर बढ्यो

काठमाडौं । सरकारले मध्यमवर्गीय नेपालीहरूले सबैभन्दा बढी चढ्ने १२५ देखि २५० सिसीसम्मका मोटरसाइकलमा कर बढाइदिएको छ । अर्थमन्त्री जनार्दन शर्मा (प्रभाकर) ले प्रतिस्थापन विधेयकमार्फत मोटरसाइकलमा अन्तःशुल्क र सडक दस्तुर बढाउँदा सर्वसाधारणले सबैभन्दा बढी रुचाएका १५० देखि १६० सिसीका मोटरसाइकलको भाउ १५ देखि  २० हजार रुपैयाँले बढ्नेछ ।  नेपालमा १५०–१५५ सिसीका मोटरसाइकल सबैभन्दा बढी बिक्री हुन्छन् । भन्सार विभागको […]

जुनमा यी कार सबैभन्दा बढी बिके

एजेन्सी। जुन महिनामा भारतमा विभिन्न कम्पनीले उत्पादन गरेका ८ वटा मोडलका कार सबैभन्दा बढी बिकेको बताइएको छ। सुजुकीको ‘वेगन आर’, हुन्डाईको ‘क्रेटा’, मारुतीको ‘सिफ्ट’, मारुती ‘बलेनो’, मारुती ‘विटारा ब्रेजा’, मारुती ‘डिजायर’, मारुती ‘अल्टो’ र मारुती ‘आर्टिगा’ कार सबैभन्दा बढी बिकेका छन्। सूचीअनुसार सबैभन्दा बढी बिक्ने ८ कारका मोडलमध्ये ७ वटा सुजुकीका छन्।