युवा तथा खेलकुद मन्त्री महेश्वरजंग गहतराज (अथक)ले प्रदेशसभा र प्रतिनिधिसभाबाट निर्वाचित भएर आउने जनप्रतिनिधिहरूले मुलुकको विद्यमान बेरोजगारी समस्या समाधानको आधार खोज्नुपर्ने बताएका छन् । राष्ट्रिय युवा परिषद्ले शनिबार भक्तपुरमा आयोजना गरेको एक कार्यक्रममा बोल्दै उनले मुलुकमा विद्यमान बेरोजगारी समस्या समाधानका लागि प्रकृतिले नै अवसर दिएको उल्लेख गर्दै युवाहरूलाई निराश नहुन पनि पटकपटक आग्रह गरे । उनले भने, ‘अब संघ र प्रदेशको निर्वाचनको मिति तय भइसकेको छ । र, त्यसमा जाँदा नयाँ प्रति