नवनियुक्त खेलकुद मन्त्री दीपक मनाङेले लिए शपथ

काठमाडौँ । गण्डकी प्रदेशका नवनियुक्त खेलकुद मन्त्री राजीव गुरुङ(दीपक मनाङे)ले शपथ लिएका छन्। स्वतन्त्र हैसियतमा मनाङबाट गण्डकी प्रदेशसभामा जितेका मनाङेलाई केही बेर अघि मात्रै खेलकुद मन्त्री नियुक्त गरिएको थियो । मुख्यमन्त्री पृथ्वी सुब्बा गुरुङले आफू विरुद्ध दायर भएको अविश्वासको प्रस्ताव विफल गराउन मन्त्रिपरिषद् विस्तार गरेका हुन्।

सम्बन्धित सामग्री

तीन मन्त्रीले लिए शपथ

नवनियुक्त तीन मन्त्रीहरूले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष शपथ ग्रहण गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार मन्त्रिपरिषद् विस्तार गर्दै नेपाली कांग्रेसबाट धनराज गुरुङ, मोहनबहादुर बस्नेत र डिगबहादुर लिम्बूलाई मन्त्री बनाएका थिए । गुरुङ कानुन न्याय तथा संसदीय मामिला, बस्नेत स्वास्थ्य तथा जनसंख्या र लिम्बू युवा तथा खेलकुद मन्त्री बनेका हुन् ।

प्रदेश २ का नवनियुक्त मन्त्रीहरुले लिए सपथ

काठमाडौं।प्रदेश–२ मा कांग्रेसको तर्फबाट नवनियुक्त मन्त्रीहरुले शपथ लिएका छन्।मुख्यमन्त्री लालबाबु राउतले भौतिक पूर्वाधार तथा यातायात मन्त्रीमा रामसरोज यादव, युवा तथा खेलकुद मन्त्री वीरेन्द्र सिंह र उर्जा तथा खानेपानी मन्त्रीमा ओमप्रकाश शर्मालाई नियुक्त गरेका थिए।तीनैजना कांग्रेसबाट मन्त्री बनेका हुन्। बुधबार राति १० बजे प्रदेश प्रमुख राजेश झा(अहिराज)ले नवनियुक्त मन्त्रीहरुलाई सपथ खुवाएका थिए। मन्त्रालयबारे टुंगो लाग्न नसक्दा माओवादी भने सरकारमा सहभागी भएन।

प्रदेश २ मन्त्रिपरिषद् विस्तार, कांग्रेसबाट तीन मन्त्रीले लिए शपथ

जनकपुरधाम : मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिपरिषद विस्तार गरेका छन्। आजै साँझ नेपाली कांग्रेसबाट तीन जनालाई मुख्यमन्त्री राउतले मन्त्री नियुक्त गरेका हुन्। नवनियुक्त मन्त्रीहरूमा रामसरोज यादव भौतिक पूर्वाधार विकास, ओम प्रकाश शर्मा खानेपानी तथा ऊर्जा विकास र वीरेन्द्र प्रसाद सिंह महिला, बालबालिका, युवा तथा खेलकुद मन्त्री छन्।  नव नियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख राजेश झा अहिराजले आजै शपथ ग्रहण गराएका छन्।यसैबीच नेकपा माओवादी केन्द्रले भने मन्त्रालय बाँडफाँडमा अ

राजीव गुरुङले लिए मन्त्रीको शपथ

गण्डकी प्रदेशका नवनियुक्त युवा तथा खेलकुद मन्त्री राजीव गुरुङ (दीपक मनाङ्गे) ले पद तथा गोपनीयताको शपथ लिएका छन् । गण्डकी प्रदेश प्रमुख सीताकुमारी पौडेलले उनलाई प्रदेश प्रमुखको कार्यालयमा आइतबार बिहान साढे ११ बजे शप तथा गोपनीयताको शपथ ग्रहण गराएकी हुन् ।शपथ समारोहमा मुख्यमन्त्री पृथ्वीसुव्वा गुरुङ, उपसभामुख सिर्जना शर्मा सह...

गण्डकी प्रदेशमा मन्त्रिपरिषद् विस्तार, दिपक मनाङेले लिए शपथ

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले गण्डकी प्रदेश सरकार विस्तार गरेका छन् । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेपछि बिहीवारै शपथ गराइएको छ । नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा प्रदेश प्रमुख अमिक शेरचनले शपथ गराएका छन् । मुख्यमन्त्री गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव प्रक्रियामा रहेका बेला सांसद मनाङेलाई मन्त्री बनाइएको छ ।

नवनियुक्त मन्त्री मनाङ्गेको ठट्टा : अलिअलि निद्रा चाहिं लागिरा’छ

१६ वैशाख, पोखरा । दीपक मनाङ्गे भनेर चिनिएका राजीव गुरुङ गण्डकी प्रदेश सरकारको मन्त्री बनेका छन् । मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले शुक्रबार उनलाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका हुन् । शपथ ग्रहणका लागि प्रदेश नीति तथा …

गण्डकी प्रदेश सरकारमा युवा मन्त्री बन्दै दिपक मनाङे

मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङविरुद्ध प्रदेश सभामा अविश्वासको प्रस्ताव विचाराधीन रहेका बेला गण्डकी प्रदेश सरकार विस्तार हुने भएको छ । मुख्यमन्त्री गुरुङले स्वतन्त्र सांसद राजीव गुरूङ (दिपक मनाङे) लाई युवा तथा खेलकुद मन्त्री नियुक्त गरेका छन् । नवनियुक्त मन्त्री मनाङेलाई बिहीवारै प्रदेश नीति तथा योजना आयोगको सभाहलमा शपथ गराइने कार्यक्रम रहेको मुख्यमन्त्रीका प्रेस सल्लाहकार विक्रम न्यौपानेले लोकान्तरलाई जानकारी दिए ।

राखेपका नवनियुक्त बोर्ड सदस्यहरुले गरे शपथ ग्रहण

काठमाडौं : राष्ट्रिय खेलकुद परिषद् (राखेप)का नवनियुक्त बोर्ड सदस्यहरुले सोमवार शपथ ग्रहण गरेका छन्। राखेपका अध्यक्ष समेत रहेका युवा तथा खेलकुद मन्त्री जगतबहादुर सुनार (विश्वकर्मा)ले नवनियुक्त ११ बोर्ड सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्। मन्त्रिपरिषद्को गत असोज २९ गतेको बैठकले हरि खड्का, मानदेव हजरा, पुरेन्द्रविक्रम लाखे, राजेश

राखेपका नवनियुक्त ६ सदस्यद्वारा शपथ ग्रहण

काठमाण्डाै – राष्ट्रिय खेलकुद परिषद् (राखेप) बोर्डका नवनियुक्त ६ सदस्यले सोमबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।  त्रिपुरेश्वरमा रहेकाे राखेप कार्यालयमा आयोजित एक कार्यक्रमका बीच युवा तथा खेलकुद मन्त्री तथा परिषद्का अध्यक्ष जगतबहादुर विश्वकर्माले ६ सदस्यलाई शपथ ग्रहण गराउनुभएकाे हाे । शपथ लिनेमा रि...

नवनियुक्त मन्त्रीले लिनुभयो शपथ

बिहीबार दिउँसो राष्ट्रपति कार्यालयमा आयोजित विशेष समारोहमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङ, स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेत र युवा तथा खेलकुद मन्त्री डिगबहादुर लिम्बुले पद तथा गोपनीयताको शपथ लिनुभएको हो।