सप्तरी जिल्लाको कञ्चनरुप नगरपालिकालाई सिल गरिने भएको छ । जिल्ला संकट व्यवस्थापन केन्द्रको बैठकले कोरोना संक्रमण उक्त नगरपालिकाभित्र तीव्र रुपमा बढदै गएपछि आवतजावत पूर्णरुपमा बन्द रहने गरी सिल गर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जनाकारी दिए ।