कोरोना समुदायमा फैलिएपछि कञ्चनरुप नगरपालिका सिल

कञ्चनरुप नगरपालिकामा कोभिड–१९ को असमुदायमा फैलिएको जनाउँदै सिल गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको आज बसेको बैठकले नगरपालिकाका सबै वडा सिल गरी मानिसको आवतजावत नियन्त्रण समेत गरिएको छ ।           नगरपालिकाले अत्यावश्यक सेवा बाहेक अन्य सेवा अगामी जेठ ६ गतेसम्म बन्द हुने जनाएको छ ।  कोरोना सङ्क्रममण दर तीब्र फैलिएकाले सबै वडा सिल गर्ने निर्णय गरिएको नगर प्रमुख बसन्त मिश्रले जानकारी दिनुभयो । नगरपालिकामा बिहीबार मात्र तीन जना सङक्रमितको मृत्यु भएको थियो ।