कोरोना जोखिम बढेपछि कञ्चनरुप नगरपालिका सिल

सप्तरी । सप्तरीको उत्तरपूर्वी भेगमा रहेको कञ्‍चनरुप नगरपालिकामा कोरोना भाइरस तीव्ररूपमा बढिरहेको भन्दै आजदेखि नगरपालिका सिल गरिएको छ । जिल्ला सङ्कट व्यवस्थापन केन्द्र (डिसिसिएमसी) को आज बसेको बैठकले नगरपालिका सिल गर्ने निर्णय गरेको सप्तरीका प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिए ।बैठकले कञ्‍चनरुप नगरपालिकामा जिल्लामै सबैभन्दा सङ्क्रमण दर बढी देखिएकाले सबै वडा सिल गरेर आवतजावतमा कडाइ गर्ने निर्णय गरेको प्रजिअ पोखरेलले बताए । बिहीबार मात्रै उक्त नगरपालिकामा ४८ जनाको