रुपन्देही । अखिल भारत नेपाली एकता समाजले विदेशमा रहेका नेपालीहरुलाई सम्बन्धित देशबाटै मताधिकारको प्रयोग गर्न पाउने सर्वोच्चको फैसला कार्यान्वयन नगरेकोमा विरोध जनाएको छ । संगठनले मंगलबार बुटवलमा पत्रकार सम्मेलन गर्दै एकता समाजको लामो समयसम्मको संघर्षबाट विदेशमा रहेका नेपालीहरुलाई मताधिकारको व्यवस्था गर्न गरेको सर्वोच्चको फैसला कार्यान्वयन नभएकोप्रति आपत्ति जनाएको हो । एकता समाजले भारतीय सीमा क्षेत्रमा […]