क्यानडाद्वारा एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला

क्यानडा सरकारले टोरन्टोमा रहेका एक चिनियाँ कुटनीतिज्ञलाई देश निकाला गरेको छ । देश निकाला गरिएका चिनियाँ कुटनीतिज्ञ चाओ वेईले आफ्नो संसद्का सदस्यलाई धम्की दिने योजनामा संलग्न रहेको क्यानडाको आरोप छ । सांसद माइकल चोङले चीनमाथि मानवअधिकार उल्लङ्घनको आरोप लगाएपछि चीनले हङकङमा चोङ र उहाँका आफन्तलाई उत्पीडन गर्ने प्रयास गरिरहेको समेत आरोप छ । क्यानडाका विदेशमन्त्री मेलानी जोलीले एक विज्ञप्ति निकालेर कुटनीतिज्ञ चाओ वेईको आवश्यकता नरहेको बताउनु भएकाे बीबीसीले जनाएको छ । क्यानडाको राजधानी ओटावामा रहेको चिनियाँ ...

सम्बन्धित सामग्री

२० वर्ष स्विडेनमा बसेकी चिनियाँ पत्रकारलाई देश निकाला

काठमाडौं । स्विडेनले २० वर्ष बसेकी चिनियाँ पत्रकारलाई देश निकाला गरेको छ । रुसी विश्व च्यानल आरटीका अनुसार यो खबर ती महिला पत्रकारका वकिलले मिडियालाई सोमबार जानकारी दिएसँगै बाहिरिएको हो । नाम सार्वजनिक नभएकी ती चिनियाँ पत्रकार ५७ वर्षकी भएको बताइएको छ । स्विडेनको प्रसारक एसभिटीका अनुसार चिनियाँ राजदूतावास तथा चिनियाँ सरकारसँग जोडिएकाहरूसँग उनको निकट […]

फिलिपिन्सद्वारा १८० चिनियाँलाई देश निकाला

मनिला– फिलिपिन्सले राजधानी मनिलामा यौन बेचबिखन र अनलाइन घोटालाको आशंकामा छापा मारेर पक्राउ परेका एक सय ८० चिनियाँलाई बिहीबार देश निकाला गरेको अधिकारीहरूले बताएका छन् । अक्टोबरमा गरिएको कारबाहीका क्रममा एउटा परिसरभित्र भेटिएका करिब छ सय मानिसमा चिनियाँ, कोरियाली, भियतनामी र फिलिपिनो नागरिक रहेका थिए । सेक्स खेलौना, एउटा मसाज पार्लर, साङ्गीतिक धुनसँग गीत गाउने […]

दक्षिणपूर्वी एसियामा साइबर आपराधमा संलग्न चिनियाँ नागरिक पक्राउ पर्ने क्रम बढ्दो

बैंकक- पछिल्लो समय दक्षिणपूर्वी एसियाली मुलुकमा साइबर आपराधका गतिविधिमा संलग्न हुने चिनियाँ नागरिक धमाधम पक्राउ पर्न थालेका छन् । म्यान्मारले हालै अनलाइन ठगी र सीमापार टेलिफोन एवम् साइबर अपराधमा संलग्न २४ चिनियाँ नागरिकलाई देश निकाला गरेको छ । त्यसको केही दिनपछि अगस्त ३० का दिन इन्डोनेशियाले पनि चिनियाँ नागरिकलाई नै ठगी गरेर पैसा असुलेको आरोपमा […]

फिलिपिन्सले ४० हजार चिनियाँ कामदारलाई देश निकाला गर्दै

फिलिपिन्सले १७५ अपतटीय फर्महरूको सञ्चालन रोक्ने र लगभग ४० हजार चिनियाँ कामदारहरूलाई देश निकाला गर्ने भएको छ। फिलिपिन्सको न्याय मन्त्रालयका एक अधिकारीले सोमबार भने कुख्यात अपारदर्शी अनलाइन गेमिङ उद्योगलाई प्रतिबन्ध लगाउनका लागि कडा कदम चाल्ने जनाएका छन्।

चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुर्व्यवहार नगर्न चीनको आग्रह

बेइजिङ । चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुर्व्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको चीनको भनाई छ । त्यसै गरी चिनियाँ विद्यार्थीलाई चिनियाँ कम्युनिस्ट पार्टीको सदस्य रहेको वा नरहेको बारेमा निरन्तर प्रश्न गर्ने गरिएको पनि चीनले आरोप […]

चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुर्व्यवहार नगर्न चीनको आग्रह

अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको चीनको भनाई छ।...

चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुर्व्यवहार नगर्न चीनको आग्रह

चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ । अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको चीनको भनाई छ । त्यसैगरी चिनियाँ विद्यार्थीलाई चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको वा नरहेको बारेमा निरन्तर प्रश्न गर्ने गरिएको पनि चीनले आरोप लगाएको छ ।  कुनै पार्टीमा आवद्ध हुनु वा नहुनु उनीहरुको स्वतन्त्रताको विषय भएपनि अमेरिकाले त्यसमा संलग्न नहुन अप्रत्यक्ष रुपम

चिनियाँ विद्यार्थीलाई अमेरिकामा दुव्र्यवहार नगर्न चीनको आग्रह

१३ फागुन: चीनले संयुक्त राज्य अमेरिकामा रहेका आफ्ना विद्यार्थीहरुलाई दुव्र्यवहार नगर्न अमेरिकालाई आग्रह गरेको छ ।अमेरिकामा रहेका चिनियाँ विद्यार्थीहरुलाई अनेक बहानामा दुःख दिने गरेको, झमेलामा पार्ने गरेको, देश निकाला गर्ने गरेको चीनको भनाई छ । त्यसैगरी चिनियाँ विद्यार्थीलाई चिनियाँ कम्युनिष्ट पार्टीको सदस्य रहेको वा नरहेको बारेमा निरन्तर प्रश्न गर्ने गरिएको पनि चीनले आरोप लगाएको छ […]

३१ सय बढी विदेशीलाई देश निकाला

पछिल्ला ८ वर्षमा सरकारले विभिन्न देशबाट नेपाल आई अवैध रूपले बसोबास गरिरहेका र गैरकानुनी गतिविधिमा संलग्न ३ हजार १ सय ३० विदेशी नागरिकलाई निष्कासन गरेको छ । अध्यागमन विभागको तथ्यांक अनुसार यो अवधिमा १ हजार ५ सय १३ चिनियाँ नागरिकलाई निष्कासन गरिएको छ ।त्यसैगरी २ सय १४ अमेरिकी नागरिक नेपालबाट निकालिँदा १ सय १८ जना बंगलादेशी, १ सय ४ बेलायती र ७४ पाकिस्तानी नागरिकलाई आफ्नो देश पठाइएको छ । त्यसैगरी ८५ रसियाली, ५२ इरानी, ४७ क्यानाडेली, ४६ जर्मनेली र ३६ फ्रान्सेली नागरिक पनि नेपालबाट निष्कासित भएका छन्