आइतबार हिमाली र पहाडी जिल्लाका मतदाता चिसो मौसम छिचोल्दै भोट हालिरहेका छन्। हिमाली क्षेत्रमा पर्ने जिल्लामा बिहान सात बजेदेखि नै मतदान सुरु भए पनि मतदाताको संख्या पातलो थियो। अहिले भने मतदाताहरु बढिरहेका छन्। प्रदेश नम्बर छ को जुम्लामा आज न्यूनतम तापक्रम माइनस २.५ डिग्री सेल्सियस पुगेको छ। जिल्ला निर्वाचन कार्यालयका सूचना अधिकारी अभिनन्द चौलागाईँका अनुसार…