शरद ऋतु आइसकेको छ । हामीलाई चिसो लाग्न सुरु भइसकेको पनि छ । चिसो लाग्दा रौँ ठाडा हुन्छन् । नढाकिएका अंग कठ्याङ्ग्रिन्छन्, कान चिसा हुन्छन् । अर्थात् हामीलाई चिसो लागिरहेको छ । तर चिसो किन हुन्छ । कहिले धेरै नै चिसो हुन्छ, कहिले कम...तर किन ? यो कारणको प्राकृतिक प्रक्रिया के हो । आउनुहोस् चिसो लाग्नु पछाडिको वैज्ञानिक कारणबारे जानकारी लिऔँ ।सुरुमा त यो बुझ्नुहोस् कि सबैलाई एकनासले चिसो लाग्दैन । कसैलाई कम लाग्छ । कसैलाई बढी । कसैलाई लाग्दै लाग्दैन पनि । हरेक व्यक्तिलाई चिसो उसको शरीरको आन्तरिक क्