बाक्लो हुस्सु र चिसो हावाका कारण उदयपुरको जनजीवन कष्टकर बनेको छ । पाँच दिन यता चिसो हावासँगै बाक्लो हुस्सु लागेर घाम नलागेपछि उदयपुरको सदरमुकाम गाईघाट आसपासको जनजीवन कष्टकर बनेको हो । केही दिन परेको पानीसँगै चिसो हावा र बाक्लो हुस्सु लागेपछि अत्याधिक चिसो बढेको हो । चिसो बढेका कारण उदयपुरको बेलका, चौदण्डीगढी, त्रियुगा कटारी नगरपालिकाको जनजीवन प्रभावित भएको छ । बाक्लो हुस्सु र चिसो हावाका कारण स्थानीयबासीको जनजीवन कष्टकर बन्दै गएको छ ।अत्याधिक जाडोका कारण जिल्लाको जनजीवन प्रभावित भएको बेला य