काठमाण्डाै - निषेधाज्ञाको दुई महिनापछि आजदेखि आन्तरिक उडान सुरु हुँदैछ । बिहान ६ बजेदेखि नै उडान सुरु हुने भनिए पनि खराब मौसमका कारण उडानमा ढिलाइ भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलले जनाएको छ । विमानस्थल कार्यालयका अनुसार लगातार पानी परेका कारण उडानमा ढिलाइ भएको हो ।
मौसममा थोरै सुधार हुनेबित्तिकै उडान हुने विमानस्थलले जनाएको छ । नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडान गर्न अनुमति दिइ उडान सञ्चालन गर्ने तयारी गरेको हो । यात्रुहरुले भौतिक दूरी कायम गर्नुपर्ने, हरेक जहाज दश मिनेटमा उडान गर्नुपर्ने, एक पटक...